25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

प्रमोदले कोहलपुरमा ‘चल बतास’ भनेपछि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३  

कोहलपुर, १५ फागुन / कोहलपुरमा जारी कोहलपुर महोत्सवको मञ्चमा गायक प्रमोद खरेल उक्लिँदा दर्शकहरुले ताली बजाएर स्वागत गरे ।
निकै प्रतिक्षापछि आएका खरेलले आफ्ना लोकप्रिय गितहरुमार्फत दर्शक नचाउन सफल भए । उनले चल बतास चल, झुम्कावाली, मेरो दिल छ पोखरामा लगायतका गितहरु गाए ।
दर्शकदिर्घाबाट चल बतास चल गितका लागि ‘वान्समोर’ को आवाज व्यापक गुञ्जन थालेपछि उनले दुईपटक सम्म सो गित गाए । १४ हजार बढी दर्शकको बीचमा प्रस्तुती दिएका खरेलका गितहरुले महोत्सव स्थलमा हंगामा मच्चाएको थियो । गायक खरेलका गित सुन्न र हेर्न आएका दर्शकहरु उफ्रिदै नाँच्न थालेपछि प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो । हजारौ दर्शकलाई सम्बोधन गर्ने क्रममा गायक खरेलले आप्mना चर्चित गितहरु प्रस्तुत गरेका थिए । उनले ‘मेरो देश, प्यारो नेपाल’ गाउँदा दर्शकदिर्घामा देशप्रेम झक्लिएको थियो । यसैबीच शनिबार महोत्सवमा नृत्याङ्गना हिमानी ढुङ्गाना, नव ायक सुमन गिरी लगाएत स्थानिय कलाकारहरुले आप्mनो प्रस्तुती दिएका थिए ।

प्रकाशित मितिः आइतवार, फाल्गुन १५, २०७३     2:18:47 PM  |