25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

अतिक्रमण बढ्दो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३  

कैलाली, २५ माघभूमिहीन, सुकुम्बासी तथा बाढी पीडितको नाममा वन अतिक्रमण भइरहेको कैलालीमा संस्थागत रुपमा हुने अतिक्रमण पनि बढ्दो रहेको छ । वनको जग्गा कब्जा गर्ने उद्देश्य सहित वन क्षेत्रमा सबैभन्दा बढी विद्यालय तथा मठमन्दिर बनाइएको जिल्ला वन कार्यालयले जनाएको छ ।
सो कार्यालयका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा हालसम्म झण्डै एक हजार हेक्टर वन फडानी गरेर विद्यालय, मठमन्दिर, सहकारीको कार्यालय, कृषि उपज केन्द्र लगायत बनाइएका छन् । जिल्ला वन कार्यालयले अभिलेख गरेको तथ्याङ्क अनुसार २०६० साल यता विभिन्न संस्थाको नाममा संस्थागत रुपमा वन अतिक्रमण भएको छ । संस्थागत रुपमा भएको अधिकांश अतिक्रमण हटाउन पनि सकिएको छैन । आर्थिक वर्ष २०६९÷२०७० सम्म संस्थागत रुपमा झण्डै ९५१.८६ हेक्टर वन क्षेत्र अतिक्रमण भएकोमा पछिल्ला वर्षमा समेत यस्तो अतिक्रमण थपिएको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मितिः मङ्लबार, माघ २५, २०७३     2:20:26 PM  |