मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २१, २०७३
संसारको व्याख्या गरेर मात्र पुग्दैन मुख्य कुरात यसलाई परिवर्तन गर्नु हो । संविधान जारी भए पछि राष्ट्रियताको जगमा निर्माण भएको जनताको व्यापक समर्थन र साथ पाएको र देशलाई आत्मनिर्भर बनाउन सामाजिक न्याय र सामाजिक सुरक्षा पुजि निमाण गर्ने विषेश कार्यक्रम ल्याएको जनताको लोकप्रीय सरकार किन सरकारबाट बाहिरीन प¥यो यसको उत्तर अर्थराजनीतिको आँखाबाट खोजिनु पर्दछ ।
- सुर्य ढकाल
पार्टी भनेको निश्चित सिद्धान्त र विचार अंगालेका मनिसहरुको समूह वा संगठन हो । पार्टीको जीवन त्यस पार्टीका नेता तथा कार्यकर्ताहरुको जीवन मार्फत प्रकट हुने गर्दछ । आज नेकपा एमालेका नेता कार्यकर्ताको जीवन कस्तो छ । उनिहरु कसरि चलिरहेका छन् भन्ने हेराई दार्शनिक मान्यताबाट हेरिनु पर्दछ । सामन्ती सत्तालाई जनबलद्वारा उन्मुलन गर्न सामान्ती युगको समाप्ती र पुँजीवादी युगको प्रार्दुभावको संक्रमणकालिन अवस्थामा राजनीतिक पार्टीहरुको जन्म भएको हो । जनतालाई सचेत र संगठित गर्दै सामान्ती राज्य व्यवस्थालाई जनविद्रोहद्वारा सामन्ती सत्ताको अन्त्येष्टी गराउने काम राजनैतिक दलहरु लागेको पाइन्छ । सामान्ती राज्य सत्तालाई फाल्दा पुँजिपति र श्रमजीवि जनताको संयुक्त प्रयासमा फाल्ने आन्दोलनको नेतृत्व
गरे । पँुजिवादी समाज वर्गिय समाज भएको हुनाले राजनीतिक पार्टीहरु पनि वर्गिय हुनु स्वभाविक थियो । पँुजिवादी राज्य सत्ता प्राप्त भए पछि पँुजिपतिहरुले श्रमजीविहरुलाई सहयोग गर्नको साटो श्रमजीवि जनताको शोषण थिचोमिचो र उत्पीडन गर्न थाले । पुँजिवादी सत्ताको यो क्रियाकलापले सर्वहारा श्रमजीवि वर्गका जनतालाई आफनो वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी गठन गर्न उत्प्रेरित ग¥यो । तर त्यसको लागि श्रमजीवि जनताको पक्ष पोषण गर्ने विचार दर्शन आवश्यक थियो सर्वहारा श्रमजीवि जनताको मुक्तिको लक्ष्य लिएर सन् १८४८ मा कम्युनिष्ट पार्टीको स्थापना भएको हो । माक्र्सवादको वैचारीक हतियारले सुसज्जित संसारका सर्वहारा श्रमजीवि जनता मानवले मानव माथि गर्ने शोषाण उत्पीडनको विरोधमा उत्रिन
थाले । सामन्तवाद र साम्राराज्यवादको परास्त गर्दै आफ्नो देशमा सर्वहारा श्रमजीविहरुको राज्य सत्ता स्थापना गर्ने कामको नेतृत्व गर्न थाले । लेनिनको नेतृत्वमा सोभियत संघमा, माओको नेतृत्वमा चीनमा, किम इल सुङ्गको नेतृत्वम कोरियामा, होचिमिङ्गको नेतृत्वमा भियतनाममा, टिटोको नेतृत्वमा नेतृत्वमा युगोस्लाभियामा र क्याष्टोको नेतृत्वमा क्युवामा क्रान्ती सम्पन्न मात्र भएन रुसी मैदानमा नाजीवादको ढाड भांच्ने कम्युनिष्टहरु हुन, चिनिय मैदानमा जापानका बंगारा झार्नै क्युनिष्टहरु हुन, कोरिया र भियतनाममा अमेरीकाको कम्पारो सेक्ने कम्युनिष्टहरुनै हुन् यी सबैको स्रोत माक्र्सवादी विचारनै हो ।
सामान्यता राजनीतिक दृष्टिकोणबाट हेर्ने हो भने माक्र्सवादललाई श्रमजिवि वर्गको मुक्तिको सिद्धान्त अथवा समाजवादी क्रान्तिको सिद्धान्त भन्न सकिन्छ । यसका अन्तर वस्तू या यसका सघंटक अङ्गहरुलाई समेटेर परिभाषित गर्ने हो भने माक्र्सवाद एक वैज्ञानिक दर्शन, क्रान्तिकारी समाज विज्ञान र श्रमजिवि वर्ग पक्षधर राजनीतिक अर्थशास्त्र हो । जसले श्रमजिवि जनताको मुक्ति र सिंगै समाजको निम्ति मार्गदर्शन गर्दछ । माक्र्सवाद कोरा कल्पना होइन । यो मजदुर वर्गीय आन्लोलनबाट प्राप्त शिक्षाहरुका आधारमा निर्माण भएको दर्शन एवम् सिद्धान्त हो । यो कसैको कोरा कल्पना तथा कसैको विलिक्षाण् दिभागको उपजबाट आएको होइन । यसको विकास तथा उत्थान त्यस बेला मजदुर आन्दोलनमा देखिएका दुई खाले गलत पवृत्तिका विरुद्धको सघर्षका दौरानमा विकसित भएको हो । मानवले मानव माथि गर्ने र भएका शोषण्मा समुल निष्ट गर्न एक बैचारिक हतियारको आवश्यकता देखिएको थियो । १९ औ शताव्दीमा युरोपमा चलेको मजदुर वर्गिय आन्दोलन भित्र एकतर्फ उग्रवामपन्थी अराजाकतावादी प्रवृति र आर्को तर्फ काल्पनिक समाजवादी अर्थात दक्षिणपन्थी सुधारवादी प्रवृत्तिहरु देखिएका थिए । कार्ल माक्र्स र फेडेरिख एंगेल्सले ती दुवै खाले गलत प्रवृत्तिका विरुद्धमा सघघ गर्दे माक्र्सवादी दर्शन र सिद्धान्तको प्रतिपादन तथा विकास गरेको हुन् । त्यसैले माक्र्सवाद परम्परागत चिन्तन र व्यवहार भन्दा भिन्न प्रकृतिको चिन्तन एवम व्यवहार पद्धति हो ।
राज्य सत्ता उत्पादन पद्धतिको जगमा उभिएको हुन्छ भने अहिले प्रचण्को नेतृत्वमा निर्माण भएको यो सत्ता कुन उत्पादन पदतिमा उभिएको छ । यस प्रश्नको उत्तर माक्र्सवादी अर्थ राजनीतिक ढगले खोज्न सक्नु पर्दछ । नेपाली समाज पुंजिवादी चरणमा प्रवेश गरेता पनि पुजिको विकास त्यस हिसावले हुन सकेन । पँुजिले पँुजि निर्माण गर्न नसके पछि यहाँ दलाल अनुउत्पादक पँुजिको प्रभुत्व कायम रहेको छ । माक्र्सवादले समस्याको उठान मात्र गर्देैन । समस्या देखाउनु मात्र माक्र्सवादी अर्थशास्त्रको काम होइन । कार्लमाक्र्सको प्रख्यात भनाई छ । दार्शनिकहरुले विभिन्न प्रकारले संसारको व्याख्या गरेका छन । संसारको व्याख्या गरेर मात्र पुग्दैन मुख्य कुरात यसलाई परिवर्तन गर्नु हो । संविधान जारी भए पछि राष्ट्रियताको जगमा निर्माण भएको जनताको व्यापक समर्थन र साथ पाएको र देशलाई आत्मनिर्भर बनाउन सामाजिक न्याय र सामाजिक सुरक्षा पुजि निमाण गर्ने विषेश कार्यक्रम ल्याएको जनताको लोकप्रीय सरकार किन सरकारबाट बाहिरीन प¥यो यसको उत्तर अर्थराजनीतिको आँखाबाट खोजिनु पर्दछ ।
जबजले श्रमजिविवर्गको पक्ष एव हितमा समाजको आमुल परिर्वतन गर्न अभियानलाई अगाडि बढाइरहेको छ । आफुले अगालेका सिद्धान्त र कार्यक्रमहरुको कार्यान्वयनमा आफना सम्पुर्ण बुद्धि र वर्कतका साथ लागिपरेको छ नेपालको कम्युनिष्ट आन्लोलन राष्टवादको आन्दोलन पनि हो नेकपा एमालेले आफ्नो स्थापना काल देखि नै राष्टवादको झण्डालाई माथि माथि उठाउदै आएको छ । कम्युनिष्ट हुनु भनेको वास्तवमा श्रमजिवि जनताका राजनीतिक मात्र होइन आर्थिक, सामजिक र संस्कृति अधिकारका निम्ति समेत लड्ने, सामाजिक न्यायको निम्ति लड्ने र समाजको आमुल परिवर्तनको निम्ति लडने मान्छे नै कम्युनिष्ट हो । माक्र्सवाद कोरा सिद्धान्त होइन । यसले व्यवहारलाई ठोस रुपमा मार्गदर्शन गर्न सक्नुपर्दछ । व्यहार निरन्तर गतिशिल भैरहने विषय हो । व्यवहारको निम्ति आवश्यक पर्ने सिद्धान्त पनि गलिशिल हुन सक्नु पर्छ । जनताको बहुदलिय जनवाद कुनै जडसुत्र होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु नै माक्र्सवादको आत्मा हो । जनताको वहुदलिय जनवाद नेपालको विशिष्ट परिस्थितिको ठोस क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपालको ठोस परिस्थितिको ठोस विश्लेषणको उपज हो । यो कुनै कोरा कल्पना तथा जडसुत्र
होइन । माक्र्सवादका जस्तै जवजका पनि सैद्धान्तिक आधार र वस्तुगत आधारहरु रहेका छन । मक्र्सवाद लेनिनवादका मुल सैद्धान्तिक मान्यता, नेपालको कम्युनिष्ट आन्दोलनको स्थापना काल देखि नै अगाल्दै आएको लोकतान्त्रीक मुल्य मान्यताहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरु जबजको सैद्धान्तकि मान्यताहरु हुन भने नेपालको विशिष्ट अवस्था, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको विशिष्टि अवस्था र नेपाली कम्युनिष्ट आन्दोलनको विशिष्ट आवस्था यसका वस्तुगत आधारहरु हुन् । यो नेपाली कम्युनिष्ट आन्दोलनको विकासक्रमममा प्राप्त अनुभवहरुको सश्लेषणवाट निकालिएको निष्र्षक हो । माक्र्सवादका जस्तै दाशिृनिक, कार्यक्रमकि, र कार्यनीति यसको तिन खाले मान्यताहरु रहेको
छन् । दार्शनिक मान्यताहरु द्वन्द्वको नियम सार्वभौ भएकोले सर्वत्र लागुहुन्छ, अन्तर्वस्तु एवम सारको प्रधानता र रुपमा बहुलता हुन्छ, क्रान्ति मनोगत प्रकृया नभई वस्तुगत प्रकृया हो, श्रमजिवि वर्ग र उत्पादक शत्तिको पक्षयपोषण गर्ने, वर्ग सघर्ष प्रधान हो, संघर्षका रुप सापेक्ष हुन्छन्, अधिनायकत्व होइन जनताको राज्इ सत्ता भने पुग्छ । पुरानोका गुण नयामा आउछ भन्ने मान्यता ज्बजले माथिका मान्यताहरु छाडन नहुने मान्यताहरु हुन् । आज यिनै मान्यताका साथ आफनो राजनीतिक सागठानिक र वैचारिक कामलाई अगाडि बढाइई रहेको अवस्था छ । दार्शनिक मान्यता जस्तै यसका राजनीतिक मान्यताहरु अधिकास २०६२ २०६३ सालका जनक्रान्ति पछि लागु भई सकेको अवस्था विद्यमान छ । सविधानको सर्र्वोचच्चता, विधिको शासन, शक्ति पृथकीकरण, मानव अधिकार तथा मौलिक हक, आवधिक निर्वाचन, बहुमतको सरकार तथा अल्पमतको विपक्ष, जनता प्रति उत्तरदायी शासन । त्यसैगरि सामाजिक सास्कृतिक मान्यताहरु बहुलवादी खुला समाजको स्थापना र जाति भाषा, धर्म संस्कृति लिंग र वर्गको आधारमा गरिने विभेदको अन्त्य र सामान्तवाद,दलाल नोकरशाह पुजिवाद,वैदेशिक एकाधिकार पुजिवाद तथा सामा्रज्यवाद शोषाण उत्पीडन र प्रभुत्ववादका सवै आधार र अवशेषहरुलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्था स्थापना गर्ने काम बाँकी रहेको
छ ।
माक्र्सवादले हरेक वस्तु र घटनाको अध्ययन तथा विश्लेषण सम्वन्धित वस्तु या घटनाकै अन्तर्निहित द्वन्द्वात्मक गतिका आधारमा गनुपर्दछ भन्ने मान्यता राख्दछ । माक्र्सवादी द्वन्द्वात्मक पद्धतिलाई द्वन्द्ववादी पद्धति
भनिन्छ । आज सम्मको दार्शनिकहरुले संसारको व्याख्या मात्रै गरे तर मुल सवाल यसलाई बदल्नु हो । समाज वर्गमा विभाजित भएको हँुदा मुल समस्या वर्गिय समस्या भएकोले यस्तो समाज बदल्न चाहनेहहरुले श्रमजिवि वर्गको पक्षमा उभिनु पर्नेमा जोडदिन्छन् । श्रमजिवि वर्गको पक्षपोषण गर्ने र वर्ग संघर्षको बाटो हिँड्ने मान्यता
हो । जबजले दर्शन र सिद्धान्तहरु केबल चिन्तन पद्धति मात्र नभएर कार्य पद्धति समेत हुन यिनीहरु गतिशिल हुन्छन् र यिनीहरु केवल अध्यन मनन् गर्नका निम्ति समेत हुन् भन्ने मान्दछ । कुनै पनि सिद्धान्त जीवनका निम्ति हो जीवन सिद्धान्तको निम्ति होइन भन्ने विश्लेषण गर्दछन् र त्यसैले दर्शन र सिद्धान्तहरु चिन्तन पद्धति मात्र नभएर कार्य पद्धति समेत हुन् । आज नेकपा एमाले जनताको वहुदलिय जनवादका उपर्युतm मुल मान्यताहरु अनूरुप नै चलिरहेको छ ।