20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मध्यवर्ति क्षेत्रमा किसानहरुका पशु र बालीको बिमा गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज ४, २०७३  

रावन विश्वकर्मा
बाँसगढी, असोज ४

बर्दिया राष्ट्रिय निकुञ्जले पशु र बाली बिमा सुरु गरेको छ । निकुञ्जको मध्यवर्ति क्षेत्रहरुमा बन्यजन्तुबाट पशु र बानीमा नोक्सान हुने भएकाले किसानहरुको राहातको लागी पशु र बालीको बिमा गर्ने अभियान सुरु गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रमेश थापाले बताए ।
पशुको हकमा मुल्यको ५ प्रतिसत प्रिमियम पशुधनिले तिर्नुपर्नेमा ७५ प्रतिसत सरकारले अनुदान दिने र कृषिको हकमा लगानीको ५ प्रतिशत प्रिमीयम तिर्नुपर्नेमा त्यसको पनि ७५ प्रतिसत अनुदान सरकारले दिने साथै बिमा गरिएको पशु कुनै कारणबाट मरेमा ९० प्रतिसत र खेती क्षति भएमा क्षतिको मुल्यांकन गरी क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । बन्यजन्तुबाट धेरै प्रभाबित निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने पाताभार गाबिसमा पशु र बाली बिमा गर्ने किसानहरुको सोमबार देखि नै लगत लिन सुरु गरिएको छ । त्यस्तै निकुञ्जका कर्मचारीहरुको बिमा पनि गरिएको छ ।
निकुञ्जका कर्मचारीहरुको बन्यजन्तुको आक्रमण र कार्यालयको कामको शिलशिलामा मृत्यु तथा घाईते भएमा १० लाख बराबरको जिवन बिमा गरिएको छ । मध्यवर्ति क्षेत्रमा बन्यजन्तुले पशु, वाली तथा मानबिय क्षेति पुर्याउदै आएका छन ।

प्रकाशित मितिः मङ्लबार, अशोज ४, २०७३     10:55:40 AM  |