19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विकास र बहस

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३  

 सूर्य ढकाल
हामीले हाम्रो भौगोलिक बनावटका आधारमा राष्ट्रिय नीति विश्लेषण गर्ने हाम्रो क्षमता बारे सोच्ने र आत्मानिर्भर कसरि बन्ने बहस नै प्राप्त मात्रमा गर्न सकेनौं । छ दशक हाम्रो लडाई अधिकारमा मात्र केन्द्रित भयो । विभिन्न सकसपूर्ण प्रतिकुलतालाई चिर्दै मुलुकले संघिय लोकतान्त्रीक गणतन्त्रको संविधान पाएको छ । छ दशकदेखि नेपाली जनताले उठाउँदै आएको राजनैतिक मुद्धा संस्थागत भएको छ । हामी जुनसुकै समुदाय, वर्ग, जाति, भाषा धर्म, संस्कृति लिङ्ग वा क्षेत्रका भए पनि सार्वभौम अधिकार सम्पन्न  स्वाभिमानी नेपाली नागरिक भएका छौं । दिगो शान्ती, सुशासन, विकास र समृद्धिको  नयाँ ढोका खुलेको छ भने नेपाली समाजलाई समाजवादी व्यवस्थामा रुपान्तरण गर्ने नयाँ आधार पैदा भएको छ । हामीसँगै परिवर्तन भएका देश आर्थिक रुपले कहाँ पुगे सम्झदा रुन मन लाग्छ । हामी किन सिङ्गगापुर, कोरिया जस्तो धनि हुन सकेनौं । हामीमा के कमजोरी छ । आखिरी के भयो भने देश बन्छ । अब हामी पनि गम्भीर बन्नु पदर्छ । केपी ओली मुलुकको प्रधानमन्त्री भए पछि आर्थिक विकासको बहस हुन थालेको छ  । हामी आर्थिक विकासको जुन बहस आज गर्न  खोजेका छौ, युरोपमा यस्तो बहस अढाई सय वर्ष अघि भएको
थियो । एशियाली देशहरुमा झण्डै ७० देखी विकासको कुरा भई रहेकोछ । हामीले २००७ सालमा प्रजातन्त्र प्राप्त ग¥यौ । त्यस यता ६५ वर्ष बिते । सन् १९७१ मा पहिलो पटक अल्पविकसित राष्ट्रहरुको सूचि तयार हुँदा नेपालसँगै चार दर्जन देश त्यसमा थिए । आज हामी त्यहीँ छौं तर धेरै देश आर्थिक रुपले उकालो चडिसके । ५० वर्षमा एसियाकै केही देश जर्जर गरिबिबाट उठे र समृद्धिको शिखर चुम्दैछन् १९६५ मा नेपालको प्रतिव्यक्ति आय ६५ डलर हुँदा मलेसियाको ३५० डलर, कोरियाको १०५ डलर थियो । आज नेपालाको भन्दा कोरियाको प्रत्तिव्यक्ति आय ४० गुण बढी छ । मलेसियाको प्रतिव्यत्ति आय सात हजार पुग्यो । मलेसिया विश्वको १७औं औधोगिक मुलुक हो । साधन श्रोत हुँदा हुँदै पनि हामी भने गरिबको रेखामुनि अड्किएका छौं । हामीसँगै परिवर्तन भएको भारत विश्वको सातौं औद्यौगिक देश भएको छ, चनि विश्वकै पहिलो अर्थतन्त्र हुँदैछ । सिङ्गगापुर एसियाको बाघ बनेर गर्जदै छ । जब कि हामीले प्राप्त राजनीतिक उपलब्धीलाई
पटक–पटक गुमायौ लडिरहौ । समृद्वि हाम्रो मृगतृष्ण भयो । किन यस्तो भयो । यसको उत्तर खोजन ढिलो गर्न हुँदैन ।
आज हामीले भन्ने गरेको आधुनिक विकासको मान्यता सन् १९५० पछि विकसित भएको हो । त्यो भन्दा अगाडी सहरकिरणको विकास हुनु नै विकासको परिभाषा थियो । विकास सापेक्ष हुन्छ र यो मानवीय आवश्यकताले निर्धारण गर्दछ । विकासको परिभाषा त्यति सजिलो छैन् । अर्थशास्त्रीहरुको दृष्टिकोणमा प्रतिव्यक्ति आम्दानी तथा कुल गार्हस्थ उत्पादनमा हुने वृद्धि विकास हो । राजनीतिहास्त्रीहरुको दृष्टिकोणमा विकास भनेको जनता सार्वभौमसत्ता सम्पन्न हुनु देशमा योग्य, सक्षम गतिशिल एव क्षमतावान नेतृत्व हुनु, नागरिक स्वतन्त्रता, मानव अधिकार सहित भौतिक उपलब्धताको सहजता हुनु हो । समाजशास्त्री अर्थशास्त्री, राजनीतिशास्त्री सबैको निष्र्कष सामाजिक जिवन स्तर सुधार हुनु नै विकास हो । सबै नेपालीलाई आफ्नो योग्यता क्षमता अनुसार विकास गर्ने वा काम गर्ने वातावरण बनाउन सकिदैन् तब सम्म नयाँ नेपाल निमार्ण गर्न सकिदैन् । गरिबी र अभावलाई कसरी जित्न सकिन्छ अब छलफल गर्न पर्दछ । जब सम्म हामीले हाम्रो वरिपरी रहेका प्राकृतिक श्रोतहरुलाई चिन्दैनौं र मानविय संसाधनको विकास गर्दैनांै, कडा मेहनत गर्ने असल संस्कृति र उद्यमशिलताको विकास, इमानदारी  र सरलतामा जोड दिँदैनौं हामी सधै परनिर्भ भइरहनेछौं । व्यक्तिको स्वतन्त्रता तथा स्वाभिमान कायम राख्न आत्मनिर्भर तथा स्वालम्बी हुनु व्यक्ति वा राष्ट्रको पहिलो सर्त हो सम्वृद्वि ।
कृषिप्रधान मुलुक भए तापनि वार्षिक खबौं रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात हुने गर्छ । आलु पाँच अर्बको आयात, हरियो तरकारी चार अर्बको प्याज दुई अर्बको गोलभेडा ४५ करोड मेवा २ अर्ब  खरवुजा १ अर्बको आयात हुन्छ,चामल १२ अर्ब ३८ करोड, मासु १७ अर्बको आयत हुने देशका नागरिक हौं हामी । उता कामको खोजिमा लाखौं युवाहरु विदेशि भूमिमा रगत पसिना बगाइरहेका छन । हामीसँगै राजनैतिक परिवर्तन भएका अन्य देशहरु आर्थिक रुपले कहाँ पुगे हामी जहाँको त्यहीँ उभिएका छौं,  किन अब यो खोजिको विषय हुनु पदर्छ ।  नुन देखी सुनसम्म, जौ, तिल देखी  कोदो–मकै सम्म पेटोल देखी हवाईजहाज सम्म सियोदेखी पानिजहाज सम्म एउटै मुलुकले उत्पादन गर्न सक्दैन् । देशमै आत्मनिर्भर हुने चिज र वस्तुको समेत व्यवस्थापन गर्न सकेनौं । कसरी धनी बन्ने हामीले अहिले सम्म बहस गरेकै छैनौं । नेपाल श्रोत बिहिन मुलुक हँुदै होइन् । यहाँ इन्धन देखी बहुमुल्य जडिबुटीको भण्डार छ । हामीमा इच्छा शक्ति हुनु प¥यौ । परिणमूखी काम गर्नु प¥यो । विकास र समृद्वको खोजिमा दशकौदेखी तिर्खाइरहेको नेपाली समाजले निमर्ण र प्रगतिको यो बहस एक पटक भाग लिनैपर्छ । पुर्नवास र बस्ती विकासका योजना कसरी बनाउने । सहरी विकास  र ग्रामीण विकासको मोडल कस्तो हुनु पदर्छ । वनजङ्गल संरक्षण र वातावरण विनाशलाई कसरी रोक्ने । पुर्वाधार विकास गरेर कसरी भविष्यका लागी आधुनिक सुन्दर समृद्व बनाउने भन्ने सन्र्दभमा बहस गर्ने योजना बनाउने  र बनाइएका  योजनालाई प्रभावकारी कार्यान्वयन गर्ने, जति पनि प्राविधिक जनशक्ति तयार छन् ती दर्ता टिप्पण्ी  सदर बदरको प्रशासनिक कामम रमाई रहेका छन् खटिएका छन् । विकासको मोडल सडक विभागले सडक निमार्ण गरेको १ महिना नबित्यै ढलले बाटो भत्काउन सुरु गर्दछ । ढल निमार्णको काम फत्ते भए पछि खानेपानीले भत्काउन सुरु गर्दछ । खानेपानीको काम फत्ते भए पछि टेलिकमले लाइनको लागी भत्तकाउन सूरु गर्दछ, यहि हो नेपालको विकासको अहिले सम्मको मोडल कागजि प्रकृया ठिक भए सबै ठिक हुने विकास मोडल हाम्रो विकास मोडल
भयो । विकास प्रक्रियालाई मदत गर्ने भनेको राजनीतिक विकास, सामाजिक विकास, शारिकि, प्रशासनिक, साँस्कृतिक मानसिक भाषिक आदि  विकासका आयमहरु एकअर्कोसँग अन्तर समन्य एव समपुरक रहने गर्दछन् । भौतिक संरचना निर्माण र आर्थिक समृद्वि नै विकासको प्रमुख मापदण्ड हो । विकासको बाधक गरिबी असमान्ता विभेद हो । आधुनिक अर्थतन्त्र सिप  प्रविधिको प्रयोग गर्न सक्नु पदर्छ । पँुजिवादी विचार (अर्थतन्त्र)मा माथी  बाट विकासका योजना तयार गरी स्थानिय स्तरमा कार्यन्यन गर्ने नीति लिइन्छ ।  समाजवादी विचारमा स्थानिय तहको आवश्यकता र योजना तजुमा गरेर विकास कायन्वयन गर्ने नीति रहेको हुन्छ । त्यही नीतिको जगमा २०५१ सालमा मनमोहन खधिकारीको नेतृत्वमा बनेको सरकारले इतिहासमा पहिलो पटक काठमाडौबाट, राजधानिबाट सिहदरबारबाट र अर्थमन्त्रालयबाट सिधै गाउँमा बजेट पठाउने निर्णय गरेको थियो । केपी ओली प्रधानमन्त्री भए पछि त्यो रकम डबल भएको छ त्यही बजेटको आधारमा आज गामिण तहका बाटा पुल पुलेसा निर्माण गर्ने काम दुर्त गतिमा भईरहेका छन् । गरिबी तथा पहुँच नभएका  जनताका आवश्यकताहरु सम्बोधन गर्ने काम भएको छ । विकासमा पुर्वआधारको समग्र अध्यान गर्ने हो भने ग्रामिण तहमा बसोबास गरेका जनताको आर्थिक स्तर कहिलै नउठौंस भन्ने मन्सायबाट बजेट तथा योजनाहरुको तर्जुमा गरेको पाइन्छ । एउटा विद्यालयमा १० थरिका भवनहरु बनेका छन् अबको दश वर्ष पछि त्यो भवनको उपयोगिता हुन्छ कि हँुदैन त्यो आवश्यकता हो कि होइन सवै विकास निमार्णका काम पहुँच आधारमा भएका छन ।
आर्थिक वृद्विले मात्र विकास सम्भव छैन् आर्थिक विकासले सामाजिक असमानताहरु निराकरण गर्न सक्दैन् पँुजि निर्माण र समान वितरणको सिद्वान्त लागु गर्न सक्नु पर्दछ । साधन र श्रोतको समान वितणसँग गर्ने कुरा नै आजको आवश्यकता हो । मानविय श्रम पँुजि निमार्णको प्रमुख आधार हो । श्रम उत्पादनको महत्वपुर्ण साधन हो र श्रम मानव श्र्रोतबाट नै आउँछ । यसलाई जति धेरै उपयोग गर्न सकियो त्यति धेरै प्रकृतिको दोहन गर्न सकिन्छ तर हाम्रो मानव श्रोत विदेशिन बाध्य छ ।
उत्पादनका साधनको समुचित प्रयोग गरी उद्यमशीलता विकास गर्नु पर्छ । मानविय सिप र क्षमतालाई परिचालन गरी विकासमा प्रयोग गर्न सके मात्र विकास दिगो हुन्छ । समृद्धि प्राप्त गरेका देशहरुले पँुजि निर्माण र वितरणमा ध्यान दिए हामीले दिन सकेनौं विकासको लागी बिनोजित गरेको रकम पनि खर्च गर्न नसकेर र्फिज हुने विकासको मोडल हाम्रो मोडल हो । विकासमा हाम्रो स्वरोका अभियान अन्तरर्गत बाँके क्षेत्र नम्बर १ मा रहेका गाविसहरु फत्तेपुर कचनापुर विनौना, बैजापुर खाश्कुसुम, महादेवपुरी र शम्शेरगजमा कोहलपुर नगपालिकाका १३ रै वडाहरुमा सर्वदलिय सर्वपक्षय छलफलको आयोजना गरिएको थियो । कसैले पनि छलफलको सन्र्दभमा विधि स्टम र प्रकृयाको कुरा गर्नु भएन मात्र विकासको लागी रकमको माग गर्ने, पहुँच वा दबाब दिन सक्नेले पाईने प्रचलन जब सम्म रहन्छ तबसम्म हामी पछाडि परिरहने छौं ।

प्रकाशित मितिः बुधबार, भदौ २२, २०७३     1:58:11 PM  |