28 February 2021  |   आइतवार, फाल्गुन १६, २०७७

हत्या गरेर फालिएको अवस्थामा शव फेला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३  

कोहलपु, भदौ ४कोहलपुर १० चटारस्थित बन्दापुलको डडुवा खोलामा एक व्यक्तिको शव फेला परेको छ । खैरमारा ३ महोत्तरीका २९ वर्षिय निरज ढकालको शव शुक्रबार बिहान फेला परेको हो । बिहीबार राती हत्या गरेर फालेको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् । यता कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले पनि घटना नियोजित रुपमा घटाएको हुन सक्ने बताए । घटनास्थल वरपर रगतका थोपाहरु भेटिएको र छुरी समेत फेला परेको उनको भनाइ छ । घटनाको अनुसन्धानका लागि ५ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानपछि थप खुल्ने डिएसपी काफ्लेले बताए । पुलबाट खसेर मृत्यु भएको भनिएपनि घटना हेर्दा शंकास्पद देखिएको छ । मृतकको चिउँडो तल धारिलो हतियारले प्रहार गरेको देखिएको छ । घटनास्थलमा रगतका थोपाहरु पनि भेटिएको छ ।

IMG_0730

छुरा रोपेर हत्या गरी पानीमा डुबाएको मृतकका दाजु उमेश ढकालले बताए । प्रहरीले भवितव्य भन्दै मुचुल्का उठाउन खोजेपछि आफन्तले शव उठाउन दिएका थिएनन् । हत्या भन्ने शंका लागेपछि आफूहरुले शव उठाउन नदिएको उनले बताए । आफन्तले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने आफन्तले माग राखेका छन् । सर्ट पुलमाथि राखेर माथिबाट खसेको बनाउन खोजेको आफन्तले आरोप लगाएका छन् । ‘२२ फिट माथिबाट लडेको भए अन्य ठाउँमा चोटपटक देखिनुपथ्यो’ मृतकका दाजु उमेश ढकालले भने ‘चिउँडोको तल छुरीले रोपेर हत्या गरिएको छ ।’आफूलाई न्याय चाहिएको बताउँदै दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने आफन्तले बताएका छन् । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल पठाइएको प्रहरी प्रमुख डिएसपी काफ्लेले बताए । दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै स्थानीय र आफन्तले शव उठाउन नदिएपछि मृत्यु भएको २० घण्टापछि शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल पठाइएको हो । कोहलपुर प्रहरी प्रमुख डिएसपी शर्माका अनुसार घटना नियोजित देखिएको छ । यसबारेमा अनुसन्धान भैरहेको उनले बताए । मृतक ढकाल पप्पु कन्ट्रक्शनमा सुपरभाइजरको काम गर्दै आएका थिए ।

प्रकाशित मितिः शनिबार, भदौ ४, २०७३     9:38:13 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *