26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगञ्जको गतिविधिबारे जानकारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३  

कोहलपुर, साउन ६
नेपालगन्ज उप–महानगरपालिकाले आर्थिक बर्ष २०७२÷०७३ मा सञ्चालन भएका गतिबिधीहरुका बारेमा जानकारी गराएको छ । नेपालगन्ज उप–महानगरपालिकाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषालले नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक बर्ष २०७२÷०७३को जम्मा १ अबर ३६ करोड ७२ लाख ३७ हजार १ सय ७१ बजेट मध्ये ८२ करोड ९७ लाख ३७ हजार ६३ रुपैयाँ मात्र खर्च हुन सकेको बताए ।
अधिकृत भुषालले उप–महानगरपालिकालाई आउने सबै अनुदानका रुपैयाँ खर्च भएको बताउँदै एलजीसिडिपीको केही रकम र सामाजीक भत्तामा कडाइ गरिएका कारण सामाजीक सुरक्षा भत्ताको केही रकम फ्रिज भएको बताए । उनले नेपालगन्ज उपमहानगर क्षेत्रको सुर्खेतरोडमा सौर्य बत्ति जडान कार्य समेत सम्पन्न भएको बताँउदै लामो समय देखि रोकिएको नक्सा पास कार्य समेत शुरु गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०७२÷०७३मा भए गरेका योजनाहरुका बारेमा समेत जानकारी गराइएको थियो ।

प्रकाशित मितिः बिहिबार, साउन ६, २०७३     2:54:11 PM  |