कोहलपुर, असार २४
नेपालगञ्जको जमुनाहमा ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु भएको छ । बुधबारराती करिब १० बजे भे १ त ९२९ नम्बरको ट्याक्टरको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका २७ पुरैना निवासी २५ वर्षीया विन्दु सोनीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । ठक्करपछि गम्भीर घाइते सोनीको उपचारका क्रममा भेरी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७३ असार २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्