16 June 2021  |   बुधबार, असार २, २०७८

सामाजिक परिक्षण सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार १९, २०७३  

कोहलपुर, आसर १९
बाँकेको फत्तेपुर स्वास्थ्य चौकीको सामाजिक परिक्षण आइतबार सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहयोग तथा बास नेपालगन्जको सहजिकरणमा सम्पन्न सामाजिक परिक्षणबाट छ बँुदे क्रियाकलाप सहित आगामि आर्थिक वर्षको कार्ययोजना तयार पारिएको छ । यसरी तयार पारिएको कार्ययोजनामा कार्यालय परिसर सफा राख्ने, कार्यालयमा रहेको शौचालय मर्मत गर्ने, प्रसुती गृहमा बिरामी कुरुवाका लागि बस्ने व्यवस्था मिलाउने, मानशिक रोगीलाई औषधीको व्यवस्था गर्ने, सुरक्षीत मातृत्वका लागि आवश्यक सामाग्रीको ब्यवस्था गर्ने र कार्यालयमा ईन्भटर आवश्यक भएकाले तत्काल ईन्भटर जडान गर्ने रहेका छन् ।
बासका सामाजिक परिक्षक शम्भ शाहीले सहजिकरण सँगै सामाजिक परिक्षणको क्रममा गरिएको कार्यालय अवलोकन, लक्षीत समुह छलफल र स्वास्थ्य व्यवस्थापन समिति बिच भएको अन्तरक्रिया तथा अभिमुखिकरणका क्रममा आएका राम्रा र सुधार गर्नुपर्ने पक्षको बिषयमा जानकारी गराएका थिए भने स्वास्थ्य चौकीका हेम कुमारी पुनले स्वास्थ्य चौकीले गरेका क्रियाकलापहरु तथ्यांक सहित प्रश्तुत गरेकी थिईन ।

प्रकाशित मितिः आइतवार, असार १९, २०७३     7:25:15 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *