26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

हामी मुस्कुराउन सकेनौं

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ११, २०७३  

महानन्द ढकाल
हाम्रो गाडी सत्य नारायण मन्दिर नजिकै थियो । ३.३० बजेको प्रचण्ड गर्मीले हाम्रो ओठ तालु सुकेका थिए । सुन्तलाको रसले सुकेका ओठतालु भिजायौं । यो ठाउँलाई रायवाला थाना भनिदोरहेछ । यसै ठाउँबाट ऋषिकेष र देहरादुन जाने बाटो छुट्टिनेरहेछ । देहरादुन पश्चिम र ऋषिकेष उत्तर । ४.३० बजे ऋषिकेष पुग्यौं । प्राकृतिक दृष्टिकोणले मनोरम रहेछ ऋषिकेष । पहाडको खोंचबाट गंगा नदी बगेकी थिइन् । किस्तीहरु वारिपारि गरिरहेका थिए । ६५० मिटर लामो रङ्गीन लक्ष्मणझुला गंगा नदीमाथि लतमन्न थियो । ऋषिकेषको पहिचान रहेछ लक्ष्मणझुला । सन् १९३० मा ब्रिटिस सरकारद्धारा २५ लाख चाँदीका सिक्का प्रदान गरी निर्माण गरिएको रहेछ यो झुलालाई ।ऋषिकेष पार्किङमै गाइडिङ गर्नेहरु वार्गेनिङ गर्न आइपुग्दा रहेछन् । अपरिचित ठाउँ, अनावश्यक समय बर्वाद गर्नुभन्दा गाइड लिंने निचोडमा पुग्यौं । किस्तीबाट गंगानदी पार गरी ऋषिकेष पुग्यौं । ऋषिकेषको महत्व बुझाउँदै थिए गाइडले । शिवालिक निलगिरी पर्वतको खोंचमा अवस्थित ऋषिकेष बैदिक सनातन केन्द्रको अध्ययन केन्द्र पनि थियो । हामी गीता मन्दिर पुग्यांै । कृष्णको सचित्र वर्णन गरिएको गीता मन्दिर परिसरमा ठूलो धर्मसाला पनि रहेछ । रु २ को पर्चाबाट आजीवन बस्न र खानाको ब्यवस्था समेत रहेको सुन्दा अनौठो लाग्यो । २०० कोठा रहेको यो भवनमा हरिष यादव नाम गरेका गाइडले हामीलाई स्फटिक र एक मुखे रुद्राक्षको बारेमा जानकारी दिदै थिए । बाटोमा विभिन्न देशका पर्यटकहरु भेटिन्थे । हामीलाई अनौठो त के लाग्यो भने ऋषिकेषमा मगन्तेहरुलाई प्रवेश निषेध रहेछ । विभिन्न मठ मन्दिरमा पण्डाहरुको विगविगी रहेनछ । अन्नवाली नलगाउने यो ठाउँको मुख्य पेशा फलफुल खेती र व्यापार व्यवसाय नै रहेछ ।
ऋषिकेषको दुवैतिर भिरालो जमिन । बिचमा शान्त गंगा नदी । गंगामा बोटिङ गर्नेहरु पनि प्रशस्त देखिन्थे । ¥याफ्टिङ गर्नेहरु गंगासँग आत्मियता गाँस्दै थिए । गंगालाई स्पर्श गर्दै थिए । पानीको सुन्दरतालाई अन्जुलीमा उठाएर अवलोकन गर्दै थिए ।
अन्नवालीको उत्पादन हुँदैन रे ऋषिकेसमा । फलफुल र व्यापारमा बिशेष चासो रहेछ ऋषिकेष बासीको । फलफुलबाट मनग्ये आम्दानी गर्छन् रे उनीहरु । नेपालका पाखा पखेराहरुको सम्झना आयो । नेपालले यता पट्टि सोच्नै भ्याएको छैन । उब्जाउ भएपनि नभएपनि हाम्रो देशका कृषकहरु परम्परागत कृषि खेती मै रमाएका छन् । खेती गरेर बाँदरलाई खुवाउने वा बाढी पहिरोबाट बगाउने परम्परा हिजोदेखि आजसम्म चल्दै आएको छ नेपालमा । हामीले ऋषिकेषबाट किन नसक्ने ? स्याऊ फल्ने जुम्ला हुम्लामा स्याउ खेतीका लागि करोडौ लगानी किन नगर्ने ? सुन्तला फल्ने दैलेख स्याङ्जा, गोर्खा, कास्की जस्ता जिल्लामा सुन्तला खेतीका लागि विशेष प्राथमिकता किन नदिने ? आँपको उत्पादन राम्रो हुने तराइको बोर्डर क्षेत्रमा आँपका बगानहरु किन नबनाउने ? विभिन्न ठाउँका सामुदायिक वनहरुमा फलपूmल खेती गर्न उत्साहित किन नगर्ने ? गरे के हुँदैन यहाँ ? तराइ मात्र हेरेर पहाड र हिमाल बाँच्न सक्दैन । पहाड र हिमालले मात्र तराइलाई जोगाउन सक्दैन । राम्रो नीति आयो भने हजारौं स्थानहरु ऋषिकेष बन्न सक्छन् । सयौं स्थानहरु मायापुरी अर्थात हरिद्धार बन्न सक्छन् नेपालमा ।
गाइडसँग हिड्दा स्वतन्त्र महसुस भएन र फिर्ता गरिदियौं गाइर्डलाई । मन मानिराखेको थिएन । समय घर्कदै थियो । ऋषिकेषभन्दा देहरादुनमा बास बस्नु उपयुक्त हुने सल्लाह दिएका थिए धेरैले हामीलाई । ६ बजेतिर देहरादुन तिर हानियौं । ऋषिकेषबाट २७० कि.मी. केदारनाथ र ३०० कि.मी.को दुरीमा बद्रीनाथ पर्दा रहेछन् । देहरादुन भने ४५ कि.मी.को दुरीमा रहेछ ।
नागवेली बाटो पार गर्दै हामी उकालो चढ्दै थियौं । देहरादुन पुग्न अभैm २८ कि.मी. बाँकी थियो । चन्द्रमणि चोयला देहरादुनको ठेगाना समातेर अघि बढ्दै थियो हाम्रो गाडी । प्रकाश अर्यालका ससुराली खलक रहेछन् देहरादुनमा । हाम्रो बसाइ त्यही हुँदै
थियो । जतिबेला देहरादुन नेपाल थियो त्यति बेलादेखि पण्डित्याइँको सिलसिला स्याङ्जाको पंचमुल ३ निउवाट भन्ने गाउँबाट देहरादुन पुगेको रहेछ यो ढकाल परिवार ।
खलङ्गा, नालापानी हाम्रो भ्रमणको योजनामा थिएन । यही ढकाल परिवारले हामीलाई निर्देश गरे । विहान ७.१५ बजे हामी खलङ्गा नालापानीका लागि प्रस्थान ग¥यौं । नालापानीको लडाई बारेमा धेरै पटक पढेको छु र पढाएको पनि । देहरादुन नजिकैको नालापानीको हामीलाई हेक्कै थिएन । देहरादुनको उत्तर रायपुर रोडबाट ३÷४ कि.मी.को दुरीमा पर्दोरहेछ नालापानी ।पहाडको फेदिमा रहेछ नालापानी बजार । बलभद्र खलङ्गाद्धारबाट उकालो चढ्दै खलङ्गा पुग्न करिब ६ कि.मी. पार गर्नु पर्दोरहेछ । ३ कि.मी.मा बौद्धिक साधना आश्रम रहेछ । बौद्धिष्टहरुको बाहुल्यता रहेछ जस्तो लाग्यो खलङ्गाको फेदितिर । गुरुङ मगरहरु नेपाली भाषामा गफिदै गरेको देखेर मुटु ढक्क फुल्यो । गल्र्याम्म अंगालो हालौं हालौं जस्तो लाग्यो मलाई । स्याङ्जा सिरुबारी र दरौंतिरका गुरुङ मगरको सम्झना आयो ।
६ कि.मी.को दुरीमा कुनै बस्ती रहेनछ । सालैसालको जंगलले ढाकिएको रहेछ खलङ्गागढी । साँघरो र घुमाउरो बाटो हुँदै हामी उकालो चढ्दै थियौं । हामीमा कौतुहलता थियो । हामी त्यहि जादैं थियौं जहाँ बलभद्रले नेपाली सैनिकहरुलाई युद्धकला सिकाएका
थिए । आत्म स्वाभिमान र देश रक्षाका लागि ज्यानको बाजी थाप्न तयार बनाएका थिए । सगरमाथा शिरमा बोकेर हिड्ने नेपालीहरुको शिर झुक्नु हुँदैन भन्ने पाठ सिकाएका थिए । दुःख, भोक र निद्रासँग सजिलै सामना गर्न सक्ने बनाएका थिए । यिनै बलभद्र हुन् जसले नेपालको नाम संसारभरि चिनाए बहादुर गोर्खाली भनेर । त्यसैले त बलभद्रको युद्धकला आजसम्म पनि उत्तिकै सम्मानपूर्वक हेरिन्छ । पहाडको डाँडामा रहेछ खलङ्गाको किल्ला । सिंगल गाडी मात्र चल्न सक्ने बाटो किल्लासम्म पिच गरिएको रहेछ । बहादुर नवजवान नेपाली सेनाको मृत आत्मा लहरै सालका रुखहरुसँगै खडा भए जस्तो लाग्यो हामीलाई । अधिकांस रुखहरुको आकार प्रकार एकै किसिमको देखिन्थ्यो पङ्तिबद्ध सैनिकहरु जस्तै ।
सन १८१४ अक्टुवर ÷ नोभेम्बरमा चलेको नेपाल अंग्रेज युद्धमा पुग नपुग सात सय नेपालीहरु लडाइमा सामेलथिए । महिला केटाकेटीहरु सहित घरेलु हतियार बोकी लडाइमा उत्रिएका नेपालीहरुले अत्याधुनिक हतियारको सामना गर्दै पैंतिस सय बढी ब्रिटिस सेनाहरुलाई आत्थु आत्थु पारेका थिए । ३१ अफिसर र सात सय पचास जवानहरुको इहलिला समाप्त पारीदिएका थिए भने ३५ अफिसर र १५ सय जवानहरुलाई सख्त घाइते बनाएका थिए नेपाली सैनिकहरुले । कुमाउ, गढवालसम्म ३ पटकसम्म जितेका नेपाली सैनिकहरु पानीको भरमा धेरै दिन लडेका थिए । पानीको मुहान समेत बन्द गरिदिएपछि बाध्य भएर नाङ्गा खुकुरी नचाउँदै व्रिटिस सेनाकै अगाडिबाट किल्ला छोडेका थिए नेपाली सेनाले । हामी किल्लामा पुग्यौं । नेपाली सेनाको सम्मान स्वरुप बलभद्र खलङ्गा विकास समितिले बलभद्र स्मारक बनाएको रहेछ । पर्खालले घेरिएको यो स्मारक मर्मत सम्भार भने हुन सकेको थिएन । हाम्रो आस्थाको केन्द्र थियो यो । नेपाली बहादुरको पहिचान थियो यो । नेपाली हुनुमा गौरव लाग्यो तर नेपालीभूमि गुमाउनु पर्दाको पीडा मुटुमा सुल बनेर उत्रियो । सानोमा पढेको नालापानी भन्ने कविताको एकपटक पुन सम्झना आयो । ‘मुला काटे भैmं काटी खुकुरी घुमे फनन’ भन्ने हरफ गुनगुनाउँदा पाखुराका रांैहरु ठाडा–ठाडा भए । शरीर जिरिङ्ग भयो । लाग्दै थियो हामी युद्ध लड्न आएका हौं । हामी स्मारकको पेटीमा लामबद्ध थियौं । सबैले एकै स्वरमा ‘रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो , जिउँदो रगत सरि बल्दो यो सान हाम्रो’ भन्ने गीत
गायौं । हाम्रा मुट्ठीहरु आकाशतर्पm उठेका थिए । सिङ्गो नेपालको नक्सा हाम्रा आँखा वरिपरि नाचेको थियो । भक्ति थापा, अमरसिङ थापालाई पनि सम्झियौं हामीले । त्यो बेला र अहिलेको राष्ट्रियता दाँजेर हेर्न मन लाग्यो । हामी लक्ष्मणपुर बाँधबाट पीडित छांै । लिपु लेकमा हेपिएका छौं । कोशी र टनकपुरमा ठगिएका छौं । सुस्तामा लुटिएका छौं तर बोल्न सकेका छैनौं । हाम्रो सिंहदरवार हडप्न खोज्नेहरुलाई यो वा त्यो बहानामा नकार्न सकिरहेका छैनौं । लाग्छ , हामीजस्तै हाम्रा पुर्खा अनि बलभद्र कुँवर, भक्ति थापा र अमरसिङ थापाहरु भएको भए आजको नेपाल नेपाल रहने थियो ? हामीलाई नेपाली भन्ने अधिकार हुन्थ्यो ? सगरमाथा जस्तै ठाडो बनाउन सक्थ्यौं र हाम्रो शिर ? अनेक प्रश्नहरु उब्जिए मनमा । हामी पालै–पालो नेपाली टोपी लगाउदै स्मारकलाई आपूmसँगै क्यामेरामा कैद गर्न व्यस्त थियौं । हाम्रो चर्तिकला पर्खालमा बसेर हेरिरहेका थिए गुरुजी अजय सिंहले । भारतको बहराइच घर भएका उनीसँग नेपाली नागरिकता समेत थियो । उनलाई नेपालको भन्दा भारतको माया बढी भएको हामीले अनुमान गरिसकेका थियौं । उनको दोहोरो नागरिकताप्रति हाम्रो असहमति थियो । हामी असहमति देखाउने नत ठाउँमा थियौं, नत अबस्थामा नै । खलङ्गाबाट सुन्दर देखिने रहेछ नालापानी । किल्लादेखि पश्चिम पुरै भिर थियो । नेपाली सैनिकले ढुङ्गा पल्टाउन यही भिर प्रयोग गरेका रहेछन् । एउटा–एउटा ढुङ्गा पल्टाउन मन लाग्यो हामीलाई पनि । अंग्रेज विरुद्ध धावा बोल्न मन लाग्यो । तर आफ्नै नेपाली झण्डा जलाउनेहरुलाई तह लगाउन नसक्ने नामका मात्र बहादृुर भैसकेका हामीमा त्यो आँट थिएन । खलङ्गा किल्लाको प्रवेशद्धारमा अंगे्रजी भाषामा बलभद्र कुवँर र नेपाली सैनिकको गुणगान गाइएको रहेछ । ज्यानको पर्वाह नगरी नेपाली भूमिका लागि बलिदान दिने नेपाली विर सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै फिर्ता भयौं खलङ्गाबाट । ढकाल परिवारको फोन आयो । देहेरादुन बन्दको तयारी हुँदै रहेछ । मनसुरी जान सक्ने सम्भावना टर्यो । १० बज्नुपूर्व नै देहेरादुन छोड्नै पर्ने भयो । हामी हतारियौं । हाम्रो गन्तब्य दिल्ली बन्ने भयो । नास्ता खाने फुर्सद समेत मिलेको थिएन । देहरादुनको अन्तिम सिमानामा नास्ता खानेगरि ९ः३०मै हानियौं दिल्लीतिर ।हामी सुरुङ मार्ग अगाडि थियौं । यही मार्गसम्म नेपालको प्राचीन सिमाना पर्दोरहेछ । सुरुङ मार्गको छेवैमा भद्रकालीको प्राचीन मन्दिर थियो । सेनापती वीर बलभद्रद्धारा सन् १८०४ मा निर्मित यो मन्दिर २१२ वर्ष पुरानो भैसकेको थियो । मन्दिरको चमकता र सुन्दरतामा अभैm कुनै कमी थिएन । वीर बलभद्रलाई सम्झदैं मन्दिरका पुजारीबाट टीका धारण ग¥यौं । प्रसाद लियौं । बाँदरहरु मन्दिरका चारैतिर खेल्दै थिए । खास्ता किनेर बाँडिदिनुभयो पिताम्बर सरले । खुशी मानी माीन खाए । आपैm आपैmमा रमाए । हामी पनि रमायौं तिनीहरुसँगैं, नेपालीभूमि सम्झेर । सुरुङ्ग मार्गसङ्गै हाम्रा पूर्खाले जितेको मुलुक सक्किन्थ्यो । नेपाली रगत र पसिनाले भिजेको माटो छोडिन्थ्यो । एक मुठ्ठी माटो छातीमा टाँस्न मन लाग्यो । निधारमा लेप लगाउन मन लाग्यो नेपाली माटो सम्झेर । देहेरादुन छोड्दौ थियौं । एक पटक फर्कियौं देहेरादुनतिर । नमन गर्यौं पूर्खौली माटोलाई । सर्दाले शिर झुकायौं बलभद्र कुवर, झक्ति थापा र अमर सिहंप्रति ।हाम्रो गाडी सुरुङ्ग हुर्दै दिल्ली हानिदै थियो । हाम्रा आँखाहरु भने सुरुङ्गभित्रबाट पनि नेपाली रगत र पसिनाले भिजेको माटो हेर्ने कोशिष गर्दै थिए । हामी निराश जस्ता देखिएका थियौं । हाम्रो यात्रामा सङ्गसङ्गै हिडेका अजय सिहं र मोदी भने मुस्कुराइरहेका थिए ।

प्रकाशित मितिः शनिबार, असार ११, २०७३     8:17:08 AM  |