बाँके ।
साहित्यकार छविलाल खड्काको ‘बकुल्लाको सभा’ मुक्तक संग्रह लोकार्पण भएको छ । कोहलपुरको गोलपार्कमा रहेको भ्यूटावरको माथिल्लो तलाबाट शुक्रबार मुक्तक संग्रह लोकार्पण गरिएको हो । हाइकु केन्द्र बाँकेको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य महानन्द ढकाल, कृतिकार छविलाल खड्का, केन्द्रका अध्यक्ष बद्री ढकाल हिरामणी लगायत ११ जना साहित्यकारहरूले संयुक्तरूपमा मुक्तक संग्रहको लोकार्पण गरेका थिए ।
लोकार्पण कार्यक्रममा कथाकार विष्णु पादका, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, गोरख बहादुर हमाल, राधिका गैरे, आवरण निर्माणकर्ता आयुष्मा ढकाल, मुद्रणकर्ता ढकबहादुर थाारू लगायतको उपस्थिति रहेको थियो ।
हाइकु केन्द्र बाँकेका अध्यक्ष बद्री ढकाल हिरामणीको अध्यक्षता र चन्द्रावती अधिकारीले सञ्चालन गरेको लोकार्पण कार्यक्रममा उपस्थित साहित्यकारले लोकार्पण गरिएको कृति ‘बकुल्लाको सभा’ मुक्तक संग्रहका एक–एक वटा मुक्तक वाचन गरेका थिए । ‘बकुल्लाको सभा’ मुक्तक संग्रहको प्रकाशक डिला खड्का हुन् भने छविलालको यो कृति छठौँ साहित्यिक कृति हो ।









प्रतिक्रिया दिनुहोस्