काहेलपुर, असार २
कोहलपुर प्रहरीले आफ्ना गतिविधिहरु सार्वजनिक गर्न थालेको छ । कोहलपुर प्रहरी प्रमुख भएर आएपछि डिएसपी सुरेश प्रसाद काफ्लेले इलाका प्रहरी कार्यालय कोहलपुरको गतिविधि सार्वजनिक गर्न थालेका हुन् । उनले प्रहरीको गतिविधि सार्वजनिक गर्नुलाई राम्रो सुरुवातको रुपमा हेरिएको छ । उनले आफू सरुवा भएर आएको बैशाख २७ देखि असार १ गतेसम्मको गतिविधि बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । ‘प्रहरी पनि पारदर्शी हुनुपर्छ भन्ने ध्येयका साथ गतिविधि सार्वजनिक गरिएको हो’ उनले भने । सार्वजनिक गरिएको गतिविधिमा अपराध अनुसन्धानतर्फ २१६ जना पक्राउ परेका छन् । केही सार्वजनिक अपराधमा ३१ जना पक्राउ परेका छन् । जसमध्ये २५ जना धरौटीमा छुटेका छन् भने ६ जना अनुसन्धानको क्रममा रहेका छन् ।
त्यस्तै जबर्जस्ती करणीतर्फ ३ जना पक्राउ परेका छन् । उनीहरुको अनुसन्धान भैरहेको छ । त्यस्तै जबर्जस्ती करणी गरी कर्तव्य गरी मारेको आरोपमा एकजनालाई पक्राउ गरिएको र साधारण तारेखमा छुटको कोहलपुर प्रहरी प्रमुख डिएसपी सुरेश प्रसाद काफ्लेले बताए । यसैगरी कर्तव्य ज्यान १, चोरी ७, ब्राउन सुगर ५, मानव बेचबिखन तथा ओसार पसार २, लागू औषध चरेश २, सवारी ज्यान ४, ज्यान मार्ने उद्योग ८, बोक्सी अरोप १ र आगलागी मुद्दामा १ जनालाई पक्राउ गरिएको छ । त्यस्तै राती १० बजेपछिको समयमा हिँडडुल गरेका १५० व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । यस्तै महिला तथा बालबालिका सेवा केन्द्र तर्फ विभिन्न विषयमा ४६ वटा निवेदन परेका मध्ये ३९ वटाको मिलापत्र गराइएको र ७ निवेदक सम्पर्क नआएको प्रहरीको भनाई छ । त्यस्तै घरेलु हिंसा सम्बन्धी ५ वटा निवेदन परेको र सबैको मिलापत्र भएको डिएसपी काफ्लेले बताए । यस्तै अलपत्र अवस्थामा फेला परेका ६ जना बालबालिका मध्ये ४ जना थ्रि एन्जल्सलाई जिम्मा लगाइएको र २ जनालाई अभिभावकको जिम्मा लगाइएको उनले बताए ।
यस्तै ठाडो उजुरीतर्फ कुटपिट, झैझगा, ठगी, मानिस हराएको, जग्गा विवाद लगायत गरी ९३ वटा निवेदन पर्न आएकोमा ६ वटा मात्रै मुद्दा फछ्र्यौट हुन बाँकी रहेको कोहलपुर प्रहरीले जनाएको छ । यस्तै कार्यशाखातर्फ पेन्सनपट्टा मुचुल्का, नागरिकता मुचुल्का, राहदानी सिफारिस लगायत ६६ वटा कार्य भएको प्रहरीको भनाई छ ।
प्रकाशित मिति : २०७३ असार २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्