कोहलपुर, जेठ ३१
जिल्ला विकास समिति बाँकेमा आवधिक योजना र वार्षिक योजनावीच तालमेल मिलाउन अध्ययन गर्न लागिएको छ । ५ बर्षे आवधिक योजना अनुसार वार्षिक योजना मिलाउने र बार्षिक योजनाले अन्य बार्षिक कार्ययोजना मिलाउने उद्देश्यले आइतबारदेखि अध्ययन थालिएको हो । अध्ययनका लागि मन्त्रालयबाट योजना शाखाका उप–सचिव छवि रिजालको संयोजकत्वमा विज्ञ टोली नेपालगञ्ज आएको छ । यही क्रममा बाँकेसहित अन्य २ जिल्लाको पनि अध्ययन गरिन लागिएको स्थानीय विकास अधिकारी जीवलाल भुषालले जानकारी दिए । उनका अनुसार बाँके सहित सुर्खेत र कैलालीमा पनि आवधिक योजनाअनुसार तालमेल मिलाउन वार्षिक योजनामाथि अध्ययन गर्न लागिएको हो । यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिले आज दिउँसो छलफल गर्न लागेको छ । जिल्ला विकास समिति सम्वन्धमा आएका समस्याका बारेमा छलफल गर्न लागिएको हो । छलफलबाट समस्याको समाधान समेत खोजिने स्थानीय विकास अधिकारी भुषालले जानकारी दिए ।
प्रकाशित मिति : २०७३ जेठ ३१ गते सोमबार
प्रतिक्रिया दिनुहोस्