16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

निकुञ्जभित्र सोलार वाटर पम्प जडान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३  

केशव राना
कोहलपुर, जेठ ३१
बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुका लागि निकुञ्जभित्र सोलार वाटर पम्प जडान गरेको छ । वन्यजन्तुका लागि पानीको अभाव हुन नदिन सूर्यको प्रकाशबाट चल्ने पम्प जडान गरिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।
निकुञ्जले गिद्देनीचौर घाँसे मैदानमा पम्प जडान गरेको छ । करिब ३ लाखको लागतमा सो सोलार वाटर पम्प जडान गरिएको हो । गिद्देनीचौरमा पानीको अभाव भएको र बाघ लगायतका वन्यजन्तुको वासस्थान पनि भएकाले ‘पाइलटिङ्’ का रुपमा सोलारबाट चल्ने पम्प जडान गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत भण्डारीले बताए । गिद्देनीचौरमा २५० वाटका ४ वटा गरी एकहजार वाटको सोलार जडान गरिएको छ ।

6

अहिले बोर्डिङ्गले २ इन्च बराबरको पानी फाल्ने गरेको भण्डारीले बताए । ‘यो निकुञ्ज सुख्खा क्षेत्र भएकाले यहाँ पानीको अभाव छ’ उनले भने ‘वन्यजन्तुलाई पानीको अभाव नहोस् भन्नका लागि सोलार वाटर पम्प जडान गरेका हौं ।’यसले सफलता प्राप्त गरेमा अन्य ३ देखि ५ वटा घाँसेमैदानहरुमा पनि सो पम्प जोड्ने तयारी भैरहेको निकुञ्जले जनाएको छ ।  मुलुकको सुख्खा निकुञ्जको रुपमा रहेको छ, बाँके निकुञ्ज । बाँके निकुञ्जमा रहेको वन्यजन्तुलाई पानीको समस्या रहेको छ । त्यसमाथि सुख्खायाममा पानीका मुहानहरु सुक्ने क्रम जारी छ । मुहानहरु सुक्दै गएकाले बेला सोलार वाटर पम्पले वन्यजन्तुलाई धेरै राहत हुने विश्वास लिइएको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३     12:55:18 PM  |