कथा
शशिराम कार्की
विहान पाँच बजेको समयमा उठेर जुनकिरी कराउँदै थिई, “यो घरका मानिस कति सुत्न जानेका हुन ?, बाबु उस्तै, छोराछोरी उस्तै । सबैतिर आफैँ हेर्नु पर्ने । घरको सर समान हराएको पनि थाहा छैन । कसैले सबै धन सम्पत्ति चोरेको पनि थाहा छैन । के भएका हुन् ?” म झटपट उठ“े अनि विस्तराबाटै सोध“े “के भयो ए सोमेकी आमा ?किन बिहानै कराइरहेकी ?” “सबै थोक भयो नी ! हिजो कोलियाको ढोका लगाउनै बिर्सेछ । तिमी त्यस्तै, यो सोमे उस्तै । चमेली र जुनाको त झन के कुरा गर्ने ? कसै न कसैको त चेत आउनु पर्छ । यो घरका मानिस हुन र ? सोत्तर स्याउला हुन । चेत हराएका ।” उ फतफताउदै थिई आफ्नै सुरमा । “आफ्नै सुरमा कति कराइ रहेकी ? कुरा के हो भन न ! कुरा भन्नु छैन । कराएकी छ,छ ।” मैले पुनः भने ।“के हुनु नि ? मेरो साइकल छैन । चोरले लगेछ । ढोका नलगाएको मौका पारेपछि लिने नै भयो नी ! अब केमा चढेर जाने नी अफिस ? अब परेन
फसाद ।” उ आगनमा झारु लगाउँदै कराइरहेकी थिई । मलाई याद आयो, यो साइकल २०५५ साल आषाड ५ गते किनेकी थिइ, उसले । अहिले साइकल किनेको पन्द्र वर्ष भइसकेको थियो । सायद सोमे जन्मेकै साल हो । त्यो बेला जुनकीरिलाई एकजना आफ्न्तले जिल्ला हुलाक कार्यालय बाँकेमा पियनको जागिर लगाई दिएका थिए । त्यो बेला सोमे छ महिनाको थियो । म नेपाल गन्जको फत्तेवाल आँखा अस्पतालमा चौकिदार थिए“ । खर्च चेरै थिएन । उसले हुलाक कार्यालयबाट बुझेको पहिलो महिनाको तलबबाट त्यो साइकल किनेकी थिई । आँखा अस्पतालको नजिकै कोठा भाडामा लिएर बसेका थियौँ । दुवैजनाले कमाउने भएपछि केही पैसा बचत भयो । मेरो ड्युटि रातमा हुने भएकोले दिनभरी म बच्चा हेरेर बस्थेँ । हामीले त्यो वेला फुल्टे“ग्रा रोडको बाहिर पट्टी बिश हजारमा घडेरी लियौँ । पछि त्यसैमा बैँकबाट ऋण लिएर चारकोठाको घर पनि बनायांै । त्यस बेला जीवन राम्रो हुँदै जाने कुरामा हामी ढुक्क थियौँ । समय वित्दै गयो । महंगी बढ्दै गयो । पछि चमेली र जुनाको जन्म
भयो । ५ जनाको परिवारको पालन पोषण गर्नु, बैँकको ब्याज तिर्नु, पाहुनाहरुको सत्कार गर्नु, चाडपर्वहरु मनाउनु,औषधि उपचार गर्नु पियन र चौकिदारको जागिरले कति थेग्ने ? पछि छोराछोरी स्कुल जान थालेपछि खर्च झन बढ्यो । खर्च धान्न गाह्रो हुँदै गयो । जुनकीरीको साइकल पुरानो हुँदै गयो । विग्रेका समान बदल्दा बदल्दा त्यो बुढो साइकलमा बिचको डण्डी बाहेक आफ्नो केही बचेको थिएन । साइकल चलाउँदा कटकट…कटकट…. चुईचुई…चुईचुईको आवाज दिन्थ्यो । हुलाक कार्यालयबाट घर सम्मका सबैले जुनकिरीलाई चिनी सकेका थिए, हुलाकको पियन भनेर । चिल जस्तै आवाज निकाल्ने साइकल चढ्ने हुनले उसको नाम कसैले चिलगाडि राखी दियो । त्यो नाम सबैतिर प्रचार भएको थियो । उसले साइकल चलाउँदा आवाजबाटै मानिसहरुले चिलगाडि होला भनेर चिन्दथेँ । साइकल चलाउन पनि खुव जोड लगाउनु पर्दथ्यो । कहिले काहिँ त्यो साइकल चढेर तरकारी लिन जाँदा रानी तलाउको सब्जी मण्डी पुगेर फर्कन पनि मलाई निकै कठिन पर्दथ्यो । जुनकिरी कसरी दिनदिनै साइकल चढेर अफिस जाँने आउने गर्थी, मलाई अचम्म लाग्थ्यो । पटक पटक मैले उसलाई यो थोक्रो साइकल कति चढ्छेस ? फालिदे । दुइ नम्बर आलु त कसरी नआउला ? अर्काे साइकल किन् । एक महिनाको तलव त जाने हो नी भनेर साइकल किन्न कर गरेको थिए“ । उसले भन्ने गर्थि “घरको ऋण तिरी सकेपछि किनौँला नी ! अहिले काम चलेकै छ । दिनमा दुई पटक चढ्नु पर्ने त होनी साइकल । छोराको ट्युसन फी, छोरीको ड्रेस किन्नु छ । किन ऋण बोक्ने ?”घरको ऋण भने घट्नेको नामै थिएन । ब्याज बुझायो । साँवा त बसेकै हुन्थ्यो । यो बंैकले नै खाएको थियो तलव सबै । हामी त काम ग¥यो, हाड घोट्यो, महिनाको तलव बुझ्यो, गएर ब्याज बुझायो । बरु भाडामै बसेको भए अहिले सम्म बुझाएको ब्याजबाट यस्ता त दुइवटा घर बन्थेँ होला । मैले भन्थे “सोमेकी आमा, यो घरको ऋण कहिले पनि तिरेर सकिने छैन । कति दुःख गर्छेस् ? एउटा राम्रो साइकल किन् । किने पछि किन्या किन्यै हुन्छ । ऋण छ भन्दैमा भोकै बस्नु त भएन नी !” “होइन, अहिले किन्दीन । छोराले १२ कक्षा सकोस् । त्यो बेला सम्म चमेली र जुना पनि मेट्रिक गर्लान नि ! खर्च घट्यो भने त सबै पैसा ऋण तिर्नमा लगायाँै भने जाबो ऋण तिर्न कतिवेर लाग्ला त ? त्यसपछि एउटा राम्रो साइकल किन्छु । एउटा सुनको सिक्री लगाउन पनि मन लागेको छ । त्यो पनि किन्छु । अनि त फुर्ती आइहाल्छ नी !” “सोमेकी आमा, मेरो त जागिर स्थायी कहिलै भएन । प्राइभेट अस्पताल न प¥यो । बरु तेरो त सरकारी जागिर, स्थायी भएको पनि आठ÷दश वर्ष भइ सक्यो । संचय कोषमा त पैसा जम्मा भयो होला नि, त्यही ल्याएर ऋण तिरौँ । कति ऋण बोक्ने ?” मैले भन्थेँ । उसले भन्ने गर्थी “हुन्न बुढा, त्यो पैसाले त म यो हाम्रो घर पछाडिको जग्गा किन्ने हो । अलिकति तरकारी रोप्ने ठाउँ पनि त चाहियो नी, ऋण भन्ने कुरा तिर्दै गरौँला नी ! किन हतार गर्ने ?”मलाई थाहा थियो, उसको इच्छा कहिले पनि पुरा हुने थिएन । छोराछोरीको पढाई अझै सकिएको थिएन । नेपालमा बेरोजगारीको दर यति धेरै थियो की यिनीहरुले जागिर पाउँने छैनन् । जागिरको लागि पनि सोर्स फोर्स चाहिन्छ । आफ्नो त्यस्तो केही छैन । छोरा छोरीको विवाह गर्नु प¥यो । त्यति गर्दा गर्दै जागिर खाने उमेर सकिन्छ । बुढेसकाल लाग्यो भने अनेक किसिमका रोगहरुले च्याप्छन् । ओखती मुलो मै कति पैसा जान्छ । गाउँघरका इष्टमित्रका घरमा भएका पुजाआजा, विवाहहरुमा पैसा नै चाहिने । जमाना बदलिई सक्यो । जता गयो पैसै चाहिन्छ । चन्दा, दान दक्षिणा, चाडपर्व आदिको खर्च बढेको बढयै छ । छोरा छोरीले मोवाइलको माग गर्छन् । मोवाइल किनेर मात्र कहाँ हुन्छ ? त्यमा पैसा हाली रहनु पर्छ । त्यसैले घरको ऋण तिरी सकेर छोराछोरीको पढाइ सकेर नयाँ साइकल र सुनको सिक्री किन्ने जुनकीरिको रहर कहिलै पुरा हुनेवाला थिएन । मैले भन्थेँ “सोमेकी आमा, हाम्रो दरिद्रता कहिलै हट्ने छैन । यो थोत्रो साइकलले तलाई कुनै दिन दुर्घटना गराउने छ । घुँडा दुख्ने रोग जगाउने छ । यो साइकल बेच । केही रकम थपेर अर्काे अली राम्रो साइकल किन् । दुई दिनको जीवन त हो । कति लोभ गर्छेस् ?” उसले भन्थी “यो चानचुने साइकल कहाँ हो र ? यो त एटलस साइकल पो त !यसले एक क्वीन्टल भारी त सजिलै बोक्छ । लोभको कुरा होइन बुढा, यो फारोतिनोको कुरा हो । पैसा बचाएपछि कुनै दिन काम लाग्छ ।”
पैसा त कहिले बचाउन सकिन्थ्यो
र ? पैसा आउने बाटो एउटा मात्र
थियो । खर्च हुने बाटाहरु हजारवटा
थिए । हाम्रो घर जाजरकोट डाँडागाउँ गाविस वडा नं ५ मा थियो । धेरै सन्तान ईश्वरका वरदान भन्ने उखान हाम्रो घरमा लागु थियो । हामी ५ भाइहरु र ४ दिदी बहिनीहरुको पालन पोषणको जिम्मा पाएका मेरा बा–आमासँग थोरै भिरालो जग्गा र एक हल गोरु तथा १५ वटा बाख्राहरु थिए । हामी सबै भाइ बहिनीले प्राथमिक तह भन्दा माथि पढ्न
सकेनौँ । खाना लगाउन निकै कठिन परेको थियो । दिनरात हाड घोटेर मेरा बा आमा परमेश्वरको भरमा बाँच्नु भएको थियो । जति दुख पर्दा पनि हे दैव तैँ छस भन्नु हुन्थ्यो । म साहिँलो थिए । मैले एकदिन बिचार गरे कम्तिमा म नभए पछि एउटा भाग त कम हुन्छ । लगाउनलाई एउटा भोटी त कम हुन्छ । त्यसैले एक दिन राती घरबाट भागे“ । उज्यालो नहुँदै रिम्नाको पुल पार गरिसकेको थिए“ । कतै माग्दै, कतै चोरी गर्दै, तराइमा झरे“ । नेपाल गन्जको एउटा होटलमा भाँडा माझेँ । पछि कसैबाट थाहा पाए“, आँखा अस्पतालमा चौकिदार खोजेको छ । मेरो सबै कुरा सुनेपछि चौकीदार काम पाए“ । यतै बस्न थाल्दा दैलेखबाट बसाई सरी कम्दीमा आएका मेरा ससुराको पनि स्थिति उस्तै थियो । मेरी सासु र जुनकिरी आमा छोरी दाउरा बेचेर गुजरा चलाउथेँ । दाउर किन्ने क्रममा जुनकिरी सँग भेट भयो । माया प्रिति बसेपछि विवाह गरे“, नजिकैको हटिया बाबा मन्दिरमा गएर । दुवै जनाले सानै भएपनि काम पाउँदा र शहरमा घर बनाउँदा मेरा आफ्न्तहरुले अचम्म माने । ठुलो मानिस भएको, शहरमा घर बनाएको, धेरै पैसा कमाएको हल्ला भएछ । त्यसैले पाहुनाहरु पनि आँउने नै भए । आफ्नो हालत भने गरिवको गरिवै । मानिसहरु भन्थेँ । गरिवका दाउ, कहिले पनि नआउ । मेरी जुनकिरी निकै ठुलो सपना देख्दथी तर हाम्रो गरिवीको खाल्डो झन झन बढ्दै जान्थ्यो । साइकल चोरी भएको सुनेर मैले भने“ “आज बल्ल विधताले सुनेछन् । अब नयाँ साइकल चढ्न पाउने भइस् । नकरा अब । त्यो पुरानो साइकलको लास हाम्रो घरमा रहे सम्म तँ त्यसैलाई घिसारी रहने थिइस् । जे गर्छन् परमेश्वरले असलै गर्छन् भनेको यही हो ।”
“आजबाट कसरी जाने त अफिस ? हामीसँग त अहिले साइकल किन्ने पैसा नै छैन । संचय कोषबाट पैसा निकाल्ने त साइकल किन्नलाई ? मलाई त त्यो साइलकको निकै माया पो लाग्थ्यो त ! त्यसै साइकलले मलाई साइकल सिकायो, साइकल चढ्ने बनायो । यत्रो वर्ष मलाई बोकेर ओहोर दोहोर गरायो । कीरा परोस् साइकल चोरको हातमा । त्यसको भलो नहोस् ।” उसले सत्तो सराप गरिरही । मैले भने “पीर नगर । यस्तै पर्छ भनेर मैले आठ÷दश हजार रुपैयाँ लुकाएर राखेको छु । त“लाई अरु केही दिन नसके पनि एउटा राम्रो साइकल किनी दिन्छु । बरु आज हाकिमलाई भनेर एकदिन छुट्टी माग । रुपैडिहा गएर साइकल लिएर आँउला ।” भोली पल्ट जुनकीरी अफिसबाट फर्कदा जुनकिरी जस्तै बलीरहेकी उज्याली थिई । खुसी हुँदै काइकलबाट झरी । साइकल डो¥याउदै आफ्नो सुत्ने कोठै भित्र राखेर आई । म आँगनमा मुढामा बसेर कसैले बाटोमा फालेको हिन्दी पत्रिकाको पाना हेरिहेको थिए“ । उसको हँसिलो अनुहार देखेर मैले भने “आज खुब खुसी भएकी छेस् नि किन हो ? कि नयाँ साइकल चढ्न पाएर खुसी भएकी होस् ।”“सोमेका बा, हेर न आज त बाटोमा सबैले मलाई बधाई दिए । अफिसमा पनि हाकिम साबले त मिठाई नै खुवाउनु भो । मलाई त उहाँले आजबाट हलकारा मै बढुवा गरिदिनु भो । साइकल राम्रो भएको भए त म पहिले नै हलकारा भइ सक्ने रहिछु । मेरो तलव पनि अर्काे महिना देखि एक हजार बढी हुने भो । यो साइकलले त मलाई गर्नु ग¥यो नी !” यति भन्दै उसले मेरो मुखमा लडडु हालिदिई । छोराछोरीलाई पनि लडडु खुवाई । नयाँ मेरी गोल्ड साइकल हाम्रो पलङ्गको सिरानमा ठिङ्ग उभिएको थियो । उसले भन्दै थिई “अब त म यो साइकल कोठै भित्र राख्दछु । चोरले कसरी चोर्दाेरहेछ ? हेरौँला ।”मैले मनमनै भने ‘बिचरी जुनकिरी, एउटा नयाँ साइकल पाउँदा यति विधि खुसी हुन्छे । हामी नेपालीहरुका स–साना चहानाहरु छन् । तीनै स–साना इच्छाहरु नै पुरा गर्न सक्दैनौ हामीहरु । हामी नेपालीहरुको दुर्दसा कहिले सुध्रने होला ?’
प्रतिक्रिया दिनुहोस्