19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

जाजरकोटी समाजको अध्यक्षमा भण्डारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३  

कोहलपुर, जेठ ३०
जाजरकोटी समाज बाँकेको अध्यक्षमा किशोर कृष्ण भण्डारी चयन भएका छन् । अन्य सदस्यहरुमा यज्ञ राज रेग्मी, धन बहादुर बि.सी., पदम रावत, ज्योति सिंह, लक्ष्मी प्रसाद न्यौपाने, पशुपति सिंह, गणेश बहादुर सिंह, इश्वरी प्रसाद शर्मा, डिल्ली सिंह र चक्र बि.सी. छनोट भएका छन् । त्यस्तै समाजको पहिलो बैठकमा अन्य पदाधिकारी छनौट गर्नेछ ।
जाजरकोटी समाजको प्रथम साधारण सभामा बोल्दै कोहलपुर इलाका प्रशासन कार्यालयका प्रमुख दत्तराम हमालले समाजिक कार्यबाट देश निर्माणको अभियानमा जाजरकोटी समाजले उल्लेखनिय भूमिका रहने विश्वास व्यक्त गरे । राज्यका विभिन्न कामहरुमा जाजरकोटी समाजको सहभागिता गराउन अनुरोध गरे ।

IMG_2642
त्यस्तै कार्यक्रममा जाजरकोट क्षेत्र नं. २ का पूर्व सांसद रत्न प्रसाद शर्माले जाजरकोटीहरुको एकताले समाजिक सद्भाव बढ्ने बताए । समाजका विकृति र विसंगतिहरुलाई अन्त्य गर्नका लागि जाजरकोटी समाज बाँकेले महत्वपूर्ण भूमिका खेल्ने बताए । जाजरकोट जिल्ला दुर्गम पहाडी र पिछडिएको जिल्ला भएका कारण सुःखको खोजिमा जाजरकोट छोड्नु परेको उनले बताए ।
कार्यक्रममा नेपाल रेडक्रस उपशाखा कोहलपुरका सभापति नारायण प्रसाद गौडेल, कोहलपुुर जेसीजका अध्यक्ष हेमराज खनाल, नमस्ते नेपाल यातायत व्यवसायी समितिका अध्यक्ष निम बहादुर चलाउने, कोहलपुर लाइन्स क्लबका अध्यक्ष चण्डि गैरे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जाजरकोट जिल्लाबाट बसाइसराई गरी बाँकेमा आएका जाजरकोटीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३     12:14:57 PM  |