20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कोहलपुरमा बढ्दो शहरीकरण को असर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७३  

बाच्न पाउने मानवको नैसर्गिक अधिकार हो । त्यस्तै सरकारबाट उपलब्ध स्वासथ सेवा पाउनु पनि मानिसको नैसर्गिक अधिकार हो । विशेष गरेर ०६२÷६३ पछि नेपालको अधिकांश क्षेत्रमा विकाशको लहरले छोएको छ । शिक्षा, स्वास्थ र मानिसको व्याक्तिगत जीवनको परिर्तन सँगै बढ्दो शहरीकरणको पनि दुत्त् गतिमा विकाश हुनु यो आफैमा सराहनिय छ । मानिसको बासस्थान सँगै ह्वात्तै बढ्दो शहरीकरण सँगैको नेपाल सरकारबाटै गा.वि.स हरुलाई भटाभट नगरपालिकामा स्थान्तरण गर्ने कार्य भएको छ । तर, जसरी नगरपालिकाको घोषणा गरेर बढ्दो शहरीकरणलाई प्रसय दिइयो सँगै त्यस सँगसँगै गासिएको मानिसको जीवनको चाल स्वास्थलाई अपहेलान गरेको पाइयो । विश्व धुविकरणको आधुनिकतासँगै जसरी पूर्वीय राष्ट्रहरुमा स्वास्थ क्षेत्रमा निकै विकास भएको छ र फलस्वरुप आज उनीहरु सक्षम जनशक्ति उत्पादन गरेर देशको स्वरुप फेर्दै विश्व हाक्ने अध्याय सुरुवात गर्दैछन् । त्यसैले विकासको एक हिस्सा शहरीकरण प्रत्यक्ष वा अप्रत्यक्ष स्वास्थ सँग जोडिएको हामी पाउछौ ।
यसरी विश्वको बढ्दो शहरीकरण र स्वास्थसँग हाम्रो देशको स्वास्थलाई जोडेर हेर्ने हो भने उल्लेखनिय सुधारहरु केहि हिस्साहरु देखिन्छन् । विशेष गरेर मातृमृत्यु दर, नवजात शिशु मृत्यु दरमा उल्लेखनिय सुधार देखिन्छ । जसरी देशको राजनितिक परिवर्तन सँगै राजसंस्थाको अन्तय र गणतन्त्रको स्थापना भयो त्यसरी नै हाम्रो देशको हरेक क्षेत्रमा विकासको पूर्नबहाली भएकै हो । गाँउहरु शहरमा परिवर्तित भएका छन् । बढ्दो शहरीकरणसँगै जसरी गाँउ गाँउमा मोटर बाटो पुगे, घर घरमा खानेपानी र विद्युतका मिटरहरु जडान भए, आधुनिकताको शुस्म प्रया इन्टरनेट सुचारु भयो । तर, विडम्बना यति सब बढ्दो शहरीकरणको माग बढिरहदाँ स्वास्थ क्षेत्रको विकास भने तुलनात्मक रुपमा जहाँको त्यहि नै छ । बढ्दो शहरीकरणसँगै स्वास्थ क्षेत्रको विकास आंशिक रुपमा नभएको भने होइन नेपालमै अंग प्रत्यारोपण हुनु, नेपाल पोलियो उन्मुलन देश हुनु यो गर्वको कुरा हो । तर, यो सब प्रगति बढ्दो शहरीकरणको अरु कुराहरुसँग दाँजेर हेर्ने हो भने केवल राजधानी या फिर मुलुकका सम्पन्नसालि शहरहरुमा मात्रै सिमित भएको हामी देख्न र सुन्न पाउछौ ।
विश्व धुविकरणको प्रसंग सँगै हाम्रो देशको बढ्दो शहरीकरणलाई आम्ने साम्ने गरेर हेर्ने हो भने हाम्रो स्वास्थ क्षेत्र निकै नै दयनिय अवस्थामा गुज्रिरहेको हामी भटाउछौ । सरुवा रोग सँगै नसर्ने रोगहरु जो बढ्दो शहरीकरणकै एक अध्याय बनेका छन् जस्तो कि सुगर, बल्डप्रेसर, मृगौलाको रोग, कलेजोको रोग र विभिन्न प्रकारका मुटुका रोगहरु । यी रोगहरु बढ्दो शहरीकरणसँगै जोडिएका खानपान र व्यवहारले गर्दा बृद्धि भएको हामी विभिन्न तथ्यांङ्गहरुमा पाउछौ । यद्यपि सरुवा रोगहरु आफ्नो ठाँउमा छदैछन् । यसरी केलाइरहदाँ बढ्दो शहरीकरणसँगै जसरी सरकार र सम्बन्धित निकायहरुले अन्य भौतिक पक्षहरुका विकासमा लगानी गरेर गम्भिरता पूर्वक लागेको देखिन्छ त्यसरी नै स्वास्थ क्षेत्रमा पनि आमुल परिर्वतन आवश्यक छ । यसरी हेर्ने हो भने देशका विभिन्न शहरहरुमा विशेषज्ञ सेवा सहितका अस्पतालहरु दिन प्रतिदिन खुल्न थालेका छन् तर, पनि उल्लेखनिय फड्को मार्न नसकिरहेको अवस्था छ । निजि तबरबाट नै बढ्दो शहरीकरणसँगैको स्वास्थ क्षेत्रको प्रगति हामी देख्न पाउछौ तर, सरकारी तबरबाट यस तर्फ अहिले सम्म कुनै ठोस कदन चालेको देखिदैन ।
मेरो आफ्नो अनुभव र सम्रग बाँके जिल्ला अन्तगर्त नेपालगंज र कोहलपुर क्षेत्रमा भएका स्वास्थ क्षेत्रको चर्चा गनु पर्दा बढ्दो शहरीकरणको प्रत्यक्ष या अप्रत्यक्ष असरह हामी यहाँ पनि देख्न पाउँछौ । केहि वर्ष अघि मात्रै यस क्षेत्रका मानिसहरु सामान्य उपचार गर्न पनि भारत तथा काठमाडौ धाउनु पर्ने अवस्था थियो । तर, बढ्दो शहरीकरणसँगैको यो समयक्रमले यी कुराहरु आज हाम्रै घर दैलो मा उपलब्ध गराउने मौका दिएको छ । हामी अतीत केलाएर हेर्ने हो भने यस कोहलपुर नगरपालिकाको नाम र सान अनुसारको विकास दुत्र गतिमा हुन सकेको छैन । तर, पनि बढ्दो शहरीकरणसँगै यस नगरपालिमा पनि अन्य क्षेत्रमा जस्तै स्वास्थ क्षेत्रमा पनि पालुवाहरु पलाएका छन् । मध्य र सुदुरपश्चिम क्षेत्रकै स्वास्थको जिम्मा लिएर नेपालगंज मेडिकल कलेज कोहलपुरलाई आफ्नो शरीर मानेर स्वास्थको एक नवीनतम् सम्बाहकको रुपमा स्थापित छ । करिब १५,१६ वर्ष देखि विशेषज्ञ सेवा प्रदान गरिरहेको यस संस्थाले मानव स्वास्थ सेवामा आफू प्रयाको रुपमा उभिएर जनताहरुलाई सेवा दिइरहेको छ । यद्यपि यहाँ मुटुको उपचार तथा अप्रेशन, न्यूरो सर्जरी (टाउकाको अप्रेसन) जस्ता सेवा बिस्तार गर्न अत्यन्तै आवशक छ । प्रविधिक तथा जनशक्तिको अभावले अहिले पनि यस क्षेत्रका मानिसहरु यस्ता सेवाहरु लिन राजधानी तथा भारतका विभिन्न शहर धाउनु पर्ने बाध्यता छ ।
मेरो अनुभव तथा ज्ञानका अनुसार मानिसहरुले अहिलेको युगमा बढ्दो शहरीकरण आफुले चाहेनुसार स्वास्थ सेवा लिन पाउनु पर्दछ । आफूलाई लागेको रोगबारे जानकार रहनु, रोगथाम तथा रोग निमुलन बारे विशेषज्ञ चिकित्सक सँग जनताले खुलेर परामर्श लिन पाउनुपर्दछ । मोबाइल, इन्टरनेट तथा संचार माध्ययमहरुले बढ्दो शहरीकरणसँगै स्वास्थ क्षेत्रको विकासमा पनि उत्तिकै सक्रियताका साथ चासो दिन आवश्यक छ । यस क्षेत्र अन्तगर्तका स्वास्थ क्षेत्रको कुरा गर्ने हो भने मेरो अनुभवमा यहाँ नेपाल सरकारको मापदण्ड तथा विश्व स्वास्थ संगठनको नियमावली विरुद्ध अनावश्यक रुपमा चिकित्सकको सल्लाहरु बिना नै औषधीहरु प्रयोग गरेको पाइन्छ जसको प्रत्यक्ष असर यहाँ स्वास्थ परिक्षण गर्न आउने बिरामीहरुमा देखिएको पाइन्छ । यस विरुद्ध न त सम्बन्धित पक्ष नै गम्भिर छ न त यस क्षेत्रको सरोकारवाला पक्षले नै चासो देखाएको पाइन्छ । यसका लागि आजै देखि तपाइ हामीले हात्तेमालो गर्न आवश्यक देखिन्छ । त्यसै गरि बिरामीहरुले पाउने स्वास्थ सेवा पनि अधुनिकता सँगै सस्तो तथा सुलभ हुन त्यतिकै महत्व राख्दछ । यस विषयमा नेपाल सरकारले निशुल्क स्वास्थ सेवाको निति ल्याए पनि त्यो त्यति प्रभावकारी हुन सकेको छैन । जसको फलस्वरुप आज निदोर्ष जनताहरुले आफ्नो ज्यान गुमाउन बाध्य हुनु परेको छ ।
त्यसै गरि यस तराई भूभाग त्यसमा पनि कोहलपुरमा बढ्दो शहरिकरण सँगै मैले स्वास्थ प्ररिक्षण गर्ने क्रममा अत्याधिक देखेको भनेको वर्षा याममा लामखुट्टेको टोकाइबाट सर्ने रोगहरु जस्तै औलो, कालाजार, टाइफस, मस्तिष्क ज्वरो आदि हुन् । नेपाल सरकार सरुवारोग महाशाखा र इपेडेमीवलोजी शाखाको अध्ययन हेने हो भने यी रोगहरु बढ्दो शहरिकरणसँगै बढी जनघनत्व भएका स्थानहरुमा बढी पाइने गर्दछन् । यस्ता रोगहरु मानिसमा यदि सरेमा मानिसको रोगको पहिचान समयमा नभई ढिलो भएको मानिसको ज्यान पनि जान सक्दछ । मानिस सामान्यतय बिरामी भएमा नजिकैको स्वास्थ संस्था या मेडिकलमा गई सामान्य औषधी सेवन गर्दछ तर, सुरुमै रोगहरुको गलत तबरले उपचार भएर यहाँ आउने बिरामीले आफ्नो ज्यानको नै बाजी थापनु परेको हामी सहजै भट्दछौ । बढ्दो शहरीकरणको जनघन्त्वले गर्दा यस्ता रोगहरु प्रकोप यस क्षेत्रमा दिनहू बढीरहेको छ । यस्ता रोगहरुको पहिचान तथा निमुल्न मात्र एक तालिम प्राप्त स्वास्थकर्मी वा चिकित्सकले मात्र गर्न सक्दछन् अन्यथा यस क्षेत्रका मानिसहरु अझै वषौँ जोखिम खेप्न बाध्य हुनेछन् । सामान्यतय मानिसहरु हल्का ज्वरो, रुघा खोकी लागेमा सिटामोल मात्र सेवन गरि ज्वरो रोकथाम गर्न तर्फ लागेको म यहाँ प्रसस्तै भेटाउने गर्दछु तर, विडम्बना हामी र हाम्रो सोचाइ गलत हुन पुग्दछ जब त्यहि सामान्य ज्वँरोले कसैको ज्यानै तलमाथि हुन पुग्दछ । तसर्थ बढ्दो शहरीकरणको अव्यवस्थित बसोबास र खानपिनले गर्दा हामी कोहलपुरमा बसेर जति गर्व गरे पनि हाम्रो स्वास्थमा यसको असर परि नै रहेको छ । हामीले रोग ठूलो होस् या सानो नजिकैको स्वास्थ संस्थाबाट उपलब्ध विशेषज्ञ सेवा लिन अति नै आवश्यक देखिन्छ । सरुवा रोगहरुकै कुरा गर्दा यहाँ अव्यवस्थि बसोबास र आवासक्षेत्रले गर्दा अधिकांस रोगहरु लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । त्यसैले हामीले बेलैमा लामखुट्टेको बासस्थान नष्ट गरि घरआँगन सफा सुगर राखेर स्वस्थ हुन जरुरी छ ।
यी त भए सरुवा रोग तथा स्वास्थ क्षेत्रका सुस्म लापरबाहीले गर्दा भएका दुघटनाका कुराहरु यसरी बढ्दो शहरीकरणको असर मानिसको दैनिकीमा त्यतिकै छ नसर्ने रोगहरु यस क्षेत्रमा दिनहूँ बढ्दो अवस्थामा छन् । नेपालगंज मेडिकल कलेज मेडिसिन विभागमा अहिले पनि प्राय यस्तै विकशित शहरको अधिकांश बिरामीहरु मधुमेह (डायबिटिज), उच्च रक्तचाप, मुटुको रोग तथा नशा सम्बन्धि समस्या लिएर आउने गर्दछन् । मधुमेह एक जटिल समस्या बनेर यस क्षेत्रमा जरा गाडेर बसेको देखिन्छ । मधुमेह अर्थात सुगर रोग लागेको थाहा पाउना साथ हामी चिकित्सकको सल्लाहनुसार नियमित चेकजाँच गरि हाम्रो खानपिनमा सुधार ल्याउन अत्ति आवश्यक छ । यसले दिर्घकालीन रुपमा हाम्रो मृगौला, आँखा तथा दिमागको नशामा असर गरि जिन्दगीनै धरापमा पार्ने गर्दछ । यस रोगबाट हुने महत्वपूर्ण अंगहरुको क्षतिलाई सुरुमै पहिचान र निदान गर्न जरुरी छ । त्यसको लागि हामीले चिकित्ससँग ३ देखि ६ महिनाको फरकमा आफ्नो मृगौला र मुटुको जाँच गर्न जरुरी छ । त्यस्तै दैनिक व्यायम र चिल्लो रहित खाद्यपदार्थले पनि यस्ता रोगहरु नियन्त्रण गर्न विशेष मद्दत गर्दछ । यी सबै रोगको उपचार पद्दति बारे विशेषज्ञ डाक्टरसँग परामर्श लिनु अत्ति आवश्यक छ ।
यसरी हेर्दा र केलाउदाँ मेरो नेपालगंज मेडिकल कलेज कोहलपुरको अनुभवले म यो बुझदछु कि जसरी आज आधुनिकताको विकास सँगै बढ्दो शहरिकरण ले जुन रुप हाम्रो जस्तो विकाशन्मुक राष्ट्र नेपालमा लिइरहेको छ त्यत्ति कुरा स्वास्थ सेवा पनि यसका सकारात्मक र नकारात्मक असरहरुले त्यतिनै पकड बनाएका छन् । यस क्षेत्रमा बढ्दो शहरीकरण र अव्यवस्थित बसोबासले यस कोहलपुर बासीलाई जतिको असर गरेको छ त्यसको निमुलर्न तथा सहि योजनाको लागि तपाँई सम्पूर्ण सरोकारवाला पक्षबीच बृहत छलफल गरेर सहकार्य गर्न अत्ति नै आवश्यक छ । स्वास्थ जीवन बिना स्वास्थ संसारको परिकल्पना असंम्भव छ । त्यसैले तपाई हाम्रो स्वास्थ जीवनको परिकल्पना हामी आफै गर्न जरुरी छ ।

डा. श्याम बि.के
कन्सल्टेन्छ फिजिसियन तथा
लेक्चर
मेडिसिन विभाग
नेपालगंज मेडिकल कलेज
कोहलपुर, बाँके

प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७३     1:02:18 PM  |