मुस्लिमहरुको एक महिने रमजान शुरु



कोहलपुर, जेठ २६
इस्लाम धर्मावलम्बीको एक महिने रमजान मंगलबार देखि सुरु भएको छ । इस्लामी पात्रो हिजरी संवत अनुसार सुरु भएको रमजान एक महिना सम्म चल्ने गर्दछ । एक महिना सम्म मुस्लीम समुदायका नागरिकहरु रोजा अर्थात उपबास बस्ने गरेका छन् । महिनाको अन्तिम दिन साँझ सूर्यास्त पश्चात् पश्चिम आकाशमा चन्द्रमा उदाएपछि रमजान सुरु हुन्छ । त्यससँगै विश्वभरका मुसलमान रोजा ब्रत बस्छन् । बिहान सूर्योदय हुनु अघि सहेरी (खानेकुरा) खाए पछि रोजा बस्ने व्यक्तिले सूर्यास्त नहुन्जेसम्म खानपिन गर्नु नहुने मुस्लीम धर्मशास्त कुरानमा उल्लेख गरिएको छ ।
सात वर्ष देखिका माथिलाई सबैलाई रोजा बस्नु अनिवार्य भए पनि अशक्त र बिरामीलाई भने अनिवार्य नभएको मुस्लिम अगुवाहरु बताउँछन् । यो वर्ष निकै गर्मी र लामो दिनका बेलामा रोजा परेकाले यो ब्रत लिने मानिसलाई निकै कठिनाइ हुने भएको छ । झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान गर्नु यो पर्वको विशेषता हो ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ २६ गते बुधबार