24 September 2023  |   आइतवार, अशोज ७, २०८०

आठौं राष्ट्रपती रनिङ्ग हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७३  

कोहलपुर, जेठ १४
आठौं क्षेत्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि १५ गतेदेखि नेपालगन्जमा संचालन हुने भएको छ ।
मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता १५ गतेदेखि १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।  बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले आठौं क्षेत्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ जिल्लाका १२ सय १५ जना खेलाडीको सहभागिता रहने जनाएको छ । प्रतियोगितालाई उद्घाटन गर्न नागरिक उड्यान तथा पर्यटन राज्य मन्त्री बल बहादुर महतले गर्नेे आयोजकले जनाएको छ । प्रतियोगितामा १५ जिल्लाका खेलाडीहरुको सहभागितामा ३ सय २ पदक वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, भलिवल, कवडी, तेक्वान्दो, कराते, र उसु खेल हुने तथा फुटबल र क्रिकेटको छनोट हुने अध्यक्ष ओलीले बताए ।  खेलमा प्रथमलाई २० हजार, दोश्रोलाई १५ हजार र तेस्रोलाई १० हजार दिईने व्यवस्था मिलाएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको  छ ।
गत बर्ष केन्द्र स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मध्यपश्चिमाञ्चल क्षेत्रले चुमेको थियो । प्रतियोगितामा कुल २६ लाख २५ हजार खर्च लाग्ने आयोजक टिमले जनाएको  छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७३     8:34:14 AM  |