24 September 2023  |   आइतवार, अशोज ७, २०८०

विद्यार्थीद्वारा पप्पुको विरोध

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३  

कोहलपुर, जेठ ११
लगभग निर्माण सम्पन्न भइसकेको नेपालगन्ज जमुनाह–राँझा सडकको गुणस्तरीयता कायम गर्न ठेकेदार कम्पनीमाथि चर्को दवाव परेको छ । मंगलबार नेपालगन्जका विभिन्न विद्यार्थी संघसंगठनहरुले ठेकेदार कम्पनीको विरोधमा धम्वोजीमा कार्यक्रमको आयोजना गरेका छन् । जमूनहादेखि राझासम्मको सडक निर्माणको जिम्मा लिएको पप्पु कन्स्ट्रक्सनले गुणस्तरहिन काम गरेको भन्दै यहाँका विभिन्न राजनीतिक दल तथा विद्यार्थी संघसंगठनहरुले आपत्ती जनाइसकेका छन् ।
ठेकेदार कम्पनीले काम जारी राखेकै बेला विभिन्न स्थानमा सडक भत्किएको, नाली भास्सिएको, विटुमीन उडेका, लेभल नमिलेको लगायतको गुनासो छ । सडकको गुणस्तरीयता कायमका लागि आन्दोलन नै गर्नु पर्ने स्थिति आएको नेपाल विद्यार्थी संघ बाँकेका सह–सचिव चक्र रावतले जानकारी दिए ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७३     11:51:57 AM  |