द्वन्द्वपीडितको सामुहिक उजुरी



कोहलपुर, जेठ १०
बाँकेको राप्तिपारी बैजापुर र बिनौनाका द्वन्द्वपीडितहरुले आइतबार सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा सामुहिक उजुरी दिएका छन् । राप्तिपारीबाट सामुहीक रुपमै बस चढेर आएका द्दन्द्द पिडितहरुले नेपालगन्ज स्थित स्थानीय शान्ति समितीको कार्यालयमा आएर सामुहीक रुपमै उजुरी दर्ता गराएका हुन् । राप्तिपारीबाट आएका ३८ जना द्वन्द्वपीडितहरुले आइतवार एकैपटक उजुरी दर्ता गराएका
हुन । तत्कालीन समयमा राज्य र बिद्रोही माओबादीका तर्फबाट पीडित बनेका राप्तिपारीका द्वन्द्वपीडितहरुले उजुरी दिएपनि आफुहरुले न्याए पाउने सम्भावना नदेखेपछी अहिले सम्म चुप लागेर बसेको बताएका छन् । एक्लै उजुरी दिँदा कुनै प्रभाव नपर्ने भएकोले सरकारलाइ घच्घचाउनका लागि सामुहिक उजुरी दिन आएको बिनौनाका एक द्वन्द्वपीडितले बताए ।
सामुहिक रुपमा उजरी दिएपनि न्याय पाउने पाटोमा भने उनिहरु अझै सम्म पनि विश्वस्त छैनन् । पछिल्लो समयमा एकीकृत नेकपा माओवादी र नेकपा एमाले बीच भएको ९ बुँदे सम्झौताले आफूहरु झन् अन्यौलमा परेको पीडितहरुको गुनासो रहेको छ ।
स्थानीय शान्ति समिति बाँकेमा आइतबार सम्ममा २७७ वटा उजुरी दर्ता भएका छन् । जसमा हत्या अंगभंग भएका बिस्थापित, अपहरण, सम्पती कब्जा, जेल जिवन बिताएका लगाएतका रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ १० गते सोमबार