22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

दश दिने प्रशिक्षक प्रशिक्षण शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३  

कोहलपुर, जेठ ७
नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा दश दिने प्रशिक्षक प्रशिक्षण शुरु भएको छ । सिटिईभिटी, टिटि र लर्डबुद्ध एजुकेशनल एकेडेमी लि. को संयुक्त आयोजनामा प्रशिक्षक प्रशिक्षण शुरु भएको हो ।
प्रशिक्षणमा दाङ्ग नर्सिङ्ग कलेजबाट २ जना, सुर्खेत नर्सिङ्ग कलेजबाट २ जना, शैलेश्वरीबाट ३ जना , गुलरियाबाट १ जना, वेस्टर्नबाट ३ जना र नेपालगञ्ज नर्सिङ्ग कलेज र शिक्षण अस्पताल कोहलपुरबाट ११ जना गरी २२ जना सहभागी छन् । सहभागीलाई पारस खड्का र मिना खरेलले प्रशिक्षण दिइरहेका छन् । ५ जेष्ठबाट शुरु भएको प्रशिक्षण १४ जेष्ठमा सम्पन्न हुने नेपालगञ्ज नर्सिङ्ग क्याम्पसका नर्सिङ्ग को–अर्डिनेटर निरज ढुंगानाले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ ७, २०७३     12:28:51 PM  |