27 September 2021  |   सोमवार, अशोज ११, २०७८

दुर्घटनामा परी दुईको मृत्यु एक घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३  

कोहलपुर, जेठ ६
बाँकेमा बिहीबार भएको सवारी दुर्घटनामा आमाछोरीको मृत्यु भएको छ भने छोरा गम्भिर घाइते भएका छन् ।
नेपालगन्जमा १ गुलरिया बसपार्कमा आमाछोरीको मृत्यु भएको र छोरा गम्भिर घाइते भएको बा“के प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ८ का ५७ वर्षीया शोभादेवी पराजुली र उनकी ३० वर्षीया छोरी माधुरी रहेकी छन् । घाइते २६ बर्षीय छोरा सनोजलाई नेपालगञ्जमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको छ ।
ना. ४ ख. ७१३४ नम्वरको ट्रकले भे. २ प. ९०२५ नम्वरको मोटरसाइकललाई गुलरिया वसपार्कमा पछाडिबाट ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
आमा शोभादेवीलाई नेपालगञ्जमा उपचार गराएर छोरा सनोजले दिदी माधुरीलाई समेत मोटरसाइकलमा बसाएर तीन जना घर फर्किंदै गर्दा दुर्घटना भएको थियो ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ ६, २०७३     6:06:50 PM  |