अग्नि पीडितलाई राहत वितरण



कोहलपुर, बैशाख २८
बाँकेको खासकुस्मा, होलिया र कालाफाँटा गाविसका अग्नि पीडितलाई राहत विरतण गरिएको छ । गत चैत्र २५ र २६ गतेका दिन लागो लागेर एक सय चारघर खरानी भएका थिए । कारितास नेपाल र कारितास जर्मनको आर्थिक सहयोग र रेरी बाँकेको आयोजनामा अग्नि पीडितलाई राहत वितरण गरिएको रेरी बाँकेका कार्यक्रम संयोजक विरेन्द्र जंग शाहले बताए । राहत सामाग्री अन्तर्गत चामल, दाल, नुन, तेल, झुल, बाँल्याङ्केट, झोला, कपि, कमल, कटर, इरिजर, धोर्ती, पेटीकोट, कर्ता–सुरुवात, टि–सर्ट, हाफ पाइन्ट, पलास्टीक भ्याट रहेको उनले बताए ।
कार्यक्रममा कारितास नेपालका क्षेत्रीय संयोजक जनक शर्मा र रेरी बाँकेका कार्यक्रम निर्देशक महेन्द्र रेग्मीलेको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २८ गते मंगलबार