आजबाट टी–२० विश्वकपः नेपालको पहिलो खेल इंग्ल्याण्डसंग



नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी– २० विश्वकप खेल्न लागेको छ । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । आइसिसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटाली छन् । बंगलादेशले सुरक्षाका कारण भारतमानखेल्ने भएपछि वरीयताको आधारमा स्टल्यान्डले मौका पाएको हो स्कटल्याण्ड सातौँ पटक विश्वकप खेल्दैछ । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।

सुमन अधिकारी । बुटवल ।

आजबाट आइसिसी पुरुष टी–२० विश्वकप–२०२६ सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल श्रीलङ्काको सिंहाली स्पोर्टस क्रिकेट मैदानमा पाकिस्तान र श्रीलङ्काबीच हुनेछ भने फाइनल खेल भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालमा हुनेछ । भारत र श्रीलङ्काका विभिन्न शहरमा माघ २४ देखि सुरु हुने विश्वकपका खेलहरू २९ दिनसम्मचल्ने छन् । टी–२० विश्वकपको दशौँ संस्करणमा २० टिमले भाग लिँदैछन् । प्रतियोगिताका खेलहरू भारतका पाँच र श्रीलङ्काका तीन वटा मैदानमा हुँदैछन् ।

प्रतियोगिता हुने भारतका मैदानहरूमा नरेन्द्र मोदी स्टेडियम (अहमदाबाद), एमएचिदम्बरम स्टेडियम (चेन्नई), अरुण जेटली स्टेडियम (नयाँ दिल्ली), वानखेडे स्टेडियम (मुम्बई), इडेन गार्डन्स (कोलकाता) छन् भने श्रीलङ्काका मैदानहरूमा आर. प्रेमदासा स्टेडियम (कोलम्बो), सिङ्गालीज स्पोट्र्स क्लब क्रिकेट ग्राउन्ड (कोलम्बो) र पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (क्यान्डी) रहेका छन् ।

अहिलेसम्म सम्पन्न भएका ९ वटा विश्वकपमा छ वटा देशले यो उपाधि जितेका छन् । जसमा वेस्ट इन्डिज, इंग्ल्यान्ड र भारतले दुई–दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र अस्ट्रेलियाले एक एक पटक जितेका छन् । विश्वकपको डिफेन्डीङ् च्यामिपयन भारत हो । प्रतियोगितामा सहभागी २० टिमलाई ४ समूहमा विभाजन गरि छिनौट चरणको लिग प्रतिष्पर्धा गराइने छ ।

प्रत्येक समूहका शीर्ष दुई टोलीहरू ‘सुपर ८’ चरणमा प्रवेश गर्नेछन् । समूह ‘ए’ माभारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, नामिबिया, समूह ‘बी’मा अस्ट्रेलिया, श्रीलङ्का, आयरल्याण्ड, जिम्बाब्वे, ओमान, समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल, इटाली, स्कटल्याण्ड तथा समूह ‘डी’ मा न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, संयुक्त अरब इमिरेट्स रहेका छन् ।

विश्वकपमा नेपाल

नेपालले लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी– २० विश्वकप खेल्न लागेको छ । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । आइसिसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा रहेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्याण्ड र इटाली छन् । बंगलादेशले सुरक्षाका कारण भारतमानखेल्ने भएपछि वरीयताको आधारमा स्टल्यान्डले मौका पाएको हो स्कटल्याण्ड सातौँ पटक विश्वकप खेल्दैछ । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्दैछ ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ । दोस्रो खेल माघ २९ गते इटलीसँग, फागुन ३ गते वेस्ट इन्डिजसँग र चौथो खेल स्कटल्याण्डसँग फागुन ५ गते खेल्ने छ । नेपालका सबै खेलाडी मुम्बईको वाङखाडे रंगशालामा हुनेछन् । इंग्ल्यान्ड यो समूहको सबैभन्दा बलियो टोली हो । आइसिसी वरीयतामा तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड र वेस्ट इन्डिज दुवैले यो प्रतियोगिता दुई–दुई पटक जितिसकेका छन् । नेपाल, स्कटल्याण्ड र इटालीले कुनै पनि बेला ठूला टोलीलाई हराएर उलटफेर गर्न सक्ने क्षमता राख्छन् ।

नेपालका लागि छनौट चरका ४ खेल मध्ये कम्तिमा दुई खेल जितेमा सुपर ८ को सम्भावना बलियो हुने छ । यो जितले नेपाललाई २०२८ मा २०२८ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा हुने टी ट्वान्टी विश्वकप सोझै खेल्ने अवसर प्राप्त हुनेछ । आईसीसीको नियमअनुसार सुपर–८ मा पुग्ने आठ टोली, आयोजक र वरियतामा माथि रहने गरि कूल १२ टोली सोझै विश्वकप खेल्न पाउनेछन् ।

वानखेडे क्रिकेट मैदान

मुबई, तेन्दुल्कर र वानखेडे क्रिकेट मैदान । एक अर्काका पर्यावाची जस्तै हुन । विश्वचर्चित खेलाडी सचिन तेन्दुल्करले आफ्नो करियरको अन्तिम खेल यही मैदानमा खेलेका हुन । सन् १९७४ मा निर्माण भएको यो मैदानमा हालसम्म अन्तर्राष्ट्रिय २७ टेस्ट, २८ एकदिवसीय र ९ वटा टी– २० खेल भएका छन् । यही मैदानमा भारतले सन् २०११ को आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

यो मैदान तत्कालीन बम्बई क्रिकेट संघका अध्यक्ष शेषराव वानखेडेको नाममा नामाकरण गरिएको हो । मुम्बई क्रिकेट संघको स्वामित्वमा रहेको यो मैदानको दर्शक क्षमता सुरुवातमा ४५ हजार थियो तर सन् २०११ म पुनर्निर्माण गर्ने क्रममा मैदानको क्षमता कम गरि करिब ३३ हजार ५०० पु¥याइएको छ ।

यो मैदानमा पहिलोपटक सन् १९७५ मा टेस्ट भएको थियो । उक्त खेलमा भारत र वेस्ट इन्डिज खेलेका थिए । यसैगरी, सन् १९८७ मा पहिलो एकदिवसीय र २०१२ मा पहिलो टी– २० अन्तर्राष्ट्रिय खेल भएको हो । इन्डियन प्रियिमर लिग (आईपीएल)मा वानखेडेलाई मुम्बई इन्डियन्सले घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ । यस मैदानमा यसअघि सन् १९८७, १९९६, २०११ र २०२३ को एक दिवसीय तथा सन् २०१६ को टी– २० विश्वकपका खेल सञ्चालन भएका थिए । १० वर्षपछि सो मैदानमा फेरी टी२० विश्वकप हुन लागेको छ ।

टी–२० विश्वकपको इतिहास 

सन् २००९ माभएको दोस्रो संस्करण पाकिस्तानले जितेको थियो । पाकिस्तानले पहिलो विश्वकपमा भारतसँगको हारको बदला लिँदै उपाधि जित्यो । सन् २०१० मा भएको तेस्रो संस्करण इंग्ल्यान्डले उचाल्यो भने सन् २०१२ मा भएको चौथो संस्करण वेस्ट इन्डिजले श्रीलंकालाई उसकै मैदानमा हराएर उपाधि जितेको हो ।

सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपमा श्रीलंकाले फाइनलमा भारतलाई हराउँदै उपाधि जित्यो । सन् २०१६ मा भएको छैठौँ संस्करणमा जित निकाल्दै वेस्ट इन्डिज दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । सन् २०२१ मा भएको सातौँ विश्वकपमा अस्ट्रेलियाले पहिलो पटक उपाधि जित्यो भने सन् २०२२ मा इंग्ल्यान्डले पाकिस्तानलाई हराउँदै दोस्रो पटक टी–२० विश्वकप जित्यो ।

यो वर्ष इंग्ल्याण्ड एकैसाथ एकदिवसीय र टी–२० दुवैको विश्व विजेता बन्न सफल भएको हो । सन् २०२४ मा नवौँ संस्करण आयोजनाभएको थियो । यस संस्करणमा २० टोलीको सहभागिता रहेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक उपाधि जित्न सफल भयो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २४ गते शनिबार