राजनीतिक दलहरु विकास अगुवा हुन् । सामाजिक विकासको कसिमा यीहरुले गोरु गाडामा गोरुले जस्तै भूमिका खेल्न सक्छन् । गोरु अगाडि भए मात्र गाडा निर्दिष्ट दिशामा लगाडि बढ्न सक्छन् । तर कोहलपुरमा विकासका वाहक राजनीतिक दलहरु लुरुलुरु सामाजिक संघसंस्थाहरुको पछाडि लागिरेका छन् । राजनीतिले संघ संस्थाहरुलाई उचित दिशामा डो¥याउन पर्नेमा संघसंस्थाहरुले राजनीतिक कर्मीहरुलाई डो¥याउँदा विकासको गति उल्टो दिशा तिर मोडिएको छ । यो स्थिति भनेको गोरु पछाडी गाडा अगाडि लगाएर अगाडि जान खोजे जस्तै हो । राजनीतिक दलहरुको यो अकर्मन्यता र रबैयाले कोहलपुरको विकास ‘आकासको फल आँखातरी मर’ भनेजस्तै नहोला भन्न सकिन्न ।
दामोदर पौडेल
मिसन टुडे दैनिकले यता केही दिन देखि कोहलपुर नगरपालिका २२ दिन देखि नेतृत्व विहिन बनेको समाचार प्रकाशन गरिरहेको छ । यो अवस्था सृजना गर्नमा यहाँका राजनीतिक दलहरु जिम्मेवार रहेको तथा दलहरुको नालायकीपनलाई लिएर मुख्य समाचार बनाएर खबरदारी गरिरहेको छ ।
कोहलपुरको एकमात्र बसपार्क
वर्षायाममा हिलोमा यात्रुहरु हिलाम्मे खेतमा पसेको अनुभव गर्दछन् । अन्य समयमा धुलो र अव्यवस्थित पार्किङ तथा बसपार्कको अव्यवस्थाले यात्रुहरु दिक्क हुन्छन् । केही समय देखि गाडी पार्किङलाई व्यवस्थित पार्न बसपार्क सुधार समाज लागेको देखिन्छ । बसपार्क अगाडि पछाडीका झुप्राहरुले बसपार्कको टिठलाग्दो अबस्था देखाउँछ । बसपार्क भित्र प्रवेश गर्न बसपार्क सुधार समाजले मुल गेट बनाएको छ । समाजको यो कार्यले केही मात्रामा भए पनि कोहलपुरको चिनारीलाई रङ भर्न सफल भएको छ । कोहलपुर बसपार्कलाई पिच गर्न बसपार्क सुधार समाजले धेरै पटक राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला सरकारी निकाए, नगर विकास, नगरपालिका आदिलाई भेलागरी अन्तरक्रिया र छलफल चलाई रहेको छ तर व्यक्तिगत स्वार्थ, राजनीतिक खिचातानी र विकासमा टोले सोँचका कारण यसले गतिलिन सकेको देखिँदैन ।
कोहलपुरलाई हराभरा र सफा दुर्गन्ध रहित हरितनगरपालिका बनाउन कोहलपुर सुधार समाजले तीन वर्ष अगाडि देखि कोहलपुरका विभिन्न सडक र गोलपार्क लगायतका स्थानहरुमा फाईकट जातका विरुवाहरु लगाउन उत्प्रेरित ग¥यो । एक घर दुई बिरुवा भन्ने नारा दिएर लगाएका यी विरुवा हुर्किरहेका छन् । गोलपार्कको वरीपरी तथा त्यसको दाया बायाँका मुख्य सडकहरुमा झुम्म परेका ती विरुवा देख्दा कोहलपुर सुधार समाजको यो कामलाई हामी नगरवासीले प्रोत्साहन गर्न आवश्यक छ । सानो सकारात्मक कामको दिर्घकालिन प्रभावलाई हेर्न टाढा जानु पर्दैन । यी तीनवटा सडक हेरे हामी सबैको बुद्धि फिर्ने छ ।
गतसाल नगरपालिकाले निकै तामझामकासाथ प्रचार अभियानलाई तिव्र पा¥यो । ठाउँ–ठाउँमा हरियाली र आधुनिक पार्कहरु बनाएर नमुना शहर बनाउने घोषणा पनि ग¥यो । एक घर पाँच बिरुवा भन्ने नारा दिएर बिरुवा नलगाए घरको नक्सा पास नगर्ने प्रचार पनि ग¥यो । ‘पपुलिष्ट’ कार्यक्रमको रुपमा बहुप्रचारित यो कार्यक्रम पनि एकवर्ष नपुग्दै विस्तारै सेलाई रहेको छ । विडम्बना त के छ भने न्यूरोड देखि चौराहा सम्म र बसपार्कको उत्तरतिर बाहेक भित्री सडकमा नगरपालिकाको यो अभियान पुग्न सकेन् । नगरविकास भित्रका पार्कहरुको उस्तै अवस्था छ । गोलपार्कलाई केही व्यवस्थित गोलपार्क सुधार समाजले गर्न खोजेको छ । राजनीतिक दलहरुको सक्रिय सहभागिता रहेको भए यो कार्यले अझै गति लिने थियो । दिगो विकासको जग हाल्ने थियो । तर भोटकोमात्रै चिन्ता बोकेका दल र तिनका नेताहरुलाई यो काम महत्वहिन लाग्यो । सुनिदै छ, विभिन्न राजनीतिक खिचातानिको कारणले हरित नगरपालिकाको लागि आएको ७५ लाख रुपौयाँ पनि कामै नगरी फ्रिज हुँदैछ ।
केहिदिन अगाडि मिसन टुडे दैनिकमा सौरभ लामिछानेले खिचेको फोटो छापियो । उक्त फोटोले पाका मानिसमात्र होइन बच्चाहरु पनि कोहलपुरको अव्यवस्थाबाट कतिधेरै दुःखि र सचेत रहेछन् भनेर द्रष्टाउँछ । कोहलपुरमा अन्तर्राष्ट्रिय मापदण्डको बाटो बनेको
छ । तर बाटोमा पल्टीएका ब्रेकरहरु, थुप्रीएका फोहरले हाम्रो सभ्यतामाथि प्रश्न उठाएको छ, उक्त फोटोले । विकास, संवृद्धि र परिवर्तनका गफ चुटेर नथाक्ने राजनीतिक दलका नेताहरु, नगरपालिका र नगर विकासका अगुवाहरु तथा आफ्नो आगन सफा गर्ने तर सडकमा फोहर फाल्ने व्यक्तिगत स्वार्थमा लिप्त मालपाएर पनि चाल नपाउने हामी कोहलपुरबासीलाई फोटोले व्यङ्ग्य गरेको छ ।
माथिका केही दृष्टान्तहरुले कोहलपुरको योजनाबद्ध विकासमा यहाँका राजनीतिक दलका नेताहरु, नगरपालिका र नगर विकास कस्तो भूमिका निर्वाह गरेका छन् भन्ने झलक दिन्छन् । मिसन टुडे दैनिकले ४ दिन देखि कोहलपुर नगरपालिका कार्यकारी प्रमुख विहिन बनेको समाचारलाई प्राथमिकतामा राखेको छ । नगरपालिका २२ दिन सम्म नेतृत्व विहिन बनेको छ । केन्द्रमा धमाधम बजेट निर्माणको लागि नीतिहरु बनिरहेका छन् । कोहलपुर नगरपालिकाको लागि यो समय ‘पेनाल्टी’ हानेर जित हासिल गर्ने समय हो । आजका दिनमा नगरपालिकाले पेश गर्ने योजनाहरुले समग्रमा कोहलपुरको भोलिका विकास र प्रगतिको सुनिश्चित गर्नेछन् । त्यसैले यो भविष्यको कोहलपुर नगरपालिकाको रुपरेखा तयार पार्ने समय पनि हो । तर वर्षमा तीन पटक कार्यकारी प्रमुखहरु बदलिने कोहलपुरमा नयाँ आउने कार्यकारीबाट के यस्तो आशा गर्न सकिन्छ ? प्रश्न आफैमा गम्भिर छ । कोहलपुरमा आउने कार्यकारीहरु ‘हाम्रो होइन राम्रो’ आउनु पर्छ भन्ने चेतना जबसम्म यहाँका राजनीतिक दलहरुमा फुर्दैन तबसम्म अल्वर्ट क्यामुको ‘सिसिफसको कथा’ जस्तै परिणम विहिन यो चक्र दोहारी रहने छ । यो वा त्यो राजनीतिकदलको विल्ला भिरेर आउने कार्यकारीले जनताको सेवा होइन दल विशेषका आसेपासेहरुलाईमात्र भरण पोषण गर्ने छन् ।
कोहलपुरको विकासको लागि यहाँ कुनै दल विशेषका शास्त्रीयवादहरुको आवश्यकता छैन । बरु विकासमा दलिय एकता र समान दृष्टिकोणको खाँचो छ । आवश्यकता कोहलपुरको विशेषतामा आधारित गुरु योजनाको हो । जनताको मन छुने खालका साना नै किन नहोउन तर दिगो विकासमा प्रभाव पार्ने कामहरुको आवश्यकता छ । धमाधम कोहलपुरमा बाटोहरु पिच भैरहेका छन् । कमसल गुणस्तरको कारणले बाटो बनेर नसकिदँै तिनीहरु दब्न सुरु गरेका छन् । सडकका दायाँ बायाँ बनेका संरचनाले शहरको सौन्दर्यतालाई कुरुप पारेका छन् । लोड सेडिङ्गको हाहाकार छ । यही समस्या नेपालगंजमा हुँदा त्यहाँका राजनीतिक दलहरु, नागरिक समाज आन्दोलनमा उत्रीए । नेपालगंजको लोडसेडिङ्ग केही घण्टाकोलागि भएपनि कम भएको छ । तर कोहलपुरका राजनीतिक दल र तिनका नेतृत्वहरुले न त आफैले आवाज उठाएका छन् । नत जनतालाई संघर्षको लागि आव्हान गर्न सकेका छन् । बरु कोहलपुर सुधार समाज जस्ता साना संस्थाहरुले जनसरोकारका विषयमा झिनो आवाज भएपनि उठाएका छन् । बसपार्क जस्तो सार्वजनिक स्थल पिच गर्नको लागि राजनीतिक दलहरु उदासिन बन्नेका छन् । तर यहि कामका लागि बसपार्क सुधार समाज हारगुहार माग्दै हिडिरहेको छ ।
सौरभ लामीछानेले खिचेको फोटोले भन्न खोजे जस्तै राम्रो विकास गरेर मात्र हुने रहेन्छ । त्यसको उचित संरक्षण र सम्वद्र्वन पनि गर्नु पर्छ । राजनीतिक दलले चाहाने हो भने २ वर्षमा कोहलपुर नगरपालिकालाई हरित नगरपालिका बनाउन सकिन्छ । नगरपालिकामा बसोवास गर्ने आम नागरिक कुनै न कुनै राजनीतिक दल विशेषमा आवद्ध छन् । नभएकाहरु पनि छिमेकिको अनुशरण गर्न तयार छन् । राजनीतिक दलहरुले चाहेमा विदेशी डलरको आवश्यकता पनि छैन । पाँच वटा रुख लगाउने सामाथ्र्य आम नागरिकको छ । कोहलपुरका सडकमा ढलेका ब्रेकरहरु उठाउन न त नगरपालिका चाहिन्छ न त सरकारी रकम नै चाहिन्छ । प्रत्येक हप्ताको तालिका बनाएर राजनीतिक दलहरुले विहान एक घण्टा आफ्ना जनसंगठनहरु परिचालन गरेर घर आँगन, चोक र सडकहरु सफाई अभियान संचालन गर्न सक्छन् । दश वटा विरुवा लगाउन
सक्छन् । सडक छेउँका टहरा हटाउन कुनै बुधबार कुर्नु पदैन । त्यसका लागि राजनीतक इच्छा शक्ति भए पुग्छ । किनकि ती मानिसहरु पनि कुनै न कुनै राजनीतिक दलको कार्यकर्ता होलान् । पार्टी स्वार्थ त्यागेर अगाडि बढेमा यो समस्यालाई पनि सहजै पार लगाउन सकिने छ । कोहलपुर नगरपालिकाले खुलादिशामुक्त क्षेत्र घोषण गरेर औपचारिकता पुरा गरेको छ । तर खुला ठाउँमा सौच गर्नेहरुले अहिले पनि शहर दुर्गन्धीत पारेका छन् । छानविन गरेर समाधानका साथ सडकमा बसेकाहरुको पनि व्यवस्थापन गर्न सकिन्छ । हाम्रा राजनीतिक दलहरुले यो कामको लागि टाढा जानु पर्दैन लखनउ गएर त्यहाँको व्यवस्थापनको अध्ययन गर्न सक्छन् ।
राजनीतिक दलहरु विकास अगुवा हुन् । सामाजिक विकासको कसिमा यीहरुले गोरु गाडामा गोरुले जस्तै भूमिका खेल्न सक्छन् । गोरु अगाडि भए मात्र गाडा निर्दिष्ट दिशामा अगाडि बढ्न सक्छन् । तर कोहलपुरमा विकासका वाहक राजनीतिक दलहरु लुरुलुरु सामाजिक संघसंस्थाहरुको पछाडि लागिरेका छन् । राजनीतिले संघ संस्थाहरुलाई उचित दिशामा डो¥याउन पर्नेमा संघसंस्थाहरुले राजनीतिक कर्मीहरुलाई डो¥याउँदा विकासको गति उल्टो दिशा तिर मोडिएको छ । यो स्थिति भनेको गोरु पछाडी गाडा अगाडि लगाएर अगाडि जान खोजे जस्तै हो । राजनीतिक दलहरुको यो अकर्मन्यता र रबैयाले कोहलपुरको विकास ‘आकासको फल आँखातरी मर’ भनेजस्तै नहोला भन्न सकिन्न । आशा राखौ यहाँका राजनीतिक दल र तिनका नेताहरुले समयमै आफुलाई सच्चाउने छन् । जनताका आवाज सुन्ने र बुझ्ने छन् । कोहलपुरको विकास र जनताका जनसरोकारका विषयहरुमा आफुलाई केन्द्रित पार्ने छन् ।
प्रतिक्रिया दिनुहोस्