विश्व भेटेरिनरी दिवस सम्पन्न



कोहलपुर, बैशाख १८
एक स्वास्थ्य अवधारणा सहित निरन्तर शिक्षा भन्ने नाराका साथ विश्व भेटेरिनरी दिवस शनिबार बाँकेमा विभिन्न कार्यक्रम गरी मनाईएको छ । जिल्ला पशु सेवा कार्यालय बाँकेको आयोजनामा विहान कार्यालयबाट सुरु भएको प्रभातफेरी भेरी अंचल अस्पतालरोड, बिपि चोक, गणेश मान चोक चारबाहिनी हुदै पुन कार्यालयमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दे क्षेत्रिय पशु सेवा निर्देशनालय सुर्खेतका प्रमुख किशोर कुमार कायस्तले गुणस्तरीय पशु उत्पादन गर्न पशुको स्वाथ्यलाई विषेस ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । पशु उत्पादन विना दुध मासु उत्पादन नहुने भन्दै यसतर्फ किसानले ध्यान पुगाउनुपर्ने उहाँको भनाई थियो ।
जिल्ला पशु सेवा कार्यालय बाँकेका प्रमुख डाक्टर बेद बहादुर केसिको सभापतित्वमा सम्पन्न कार्यक्रममा, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगत बहादुर बस्नेत लगातयको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १८ गते शनिबार