29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

नेसंविको सेवा आयोग अध्यक्षमा पुनः ढकाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३  

दाङ, वैशाख १६ गते । नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा वेणिमाधव ढकाल नियुक्त हुनुभएको छ । यसअघि पनि उहाँ सोही जिम्मेवारीमा हुनुहुन्थ्यो ।

नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृत विश्वविद्यालय ऐन, २०४३ को दफा ९ क ९१० अनुसार बुधबारदेखि नै लागू हुनेगरी विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बुधवार ढकाललाई नियुक्ति पत्र दिएको थियो ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले सेवा आयोगका अध्यक्ष ढकाललाई जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिँदै आफ्नो पद अनुरुपको कर्तव्यपालन तथा आचरण प्रकट हुनेछ भन्ने अपेक्षा राखेको पनि उल्लेख गर्नुभएको छ । ढकाल यसअघि पनि चारवर्षे कार्यकालका लागि सेवा आयोगको अध्यक्ष हुनुभएको थियो । ढकाल पाल्पा जिल्ला ठिमुरे–५ निवासी हुनुहुन्छ । रासस

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     4:28:18 PM  |