जाजरकोट, वैशाख १५ गते । आगलागीमा परी एकै घरका आमाछोराको ज्यान गएको छ ।
सल्यान शारदा नगरपालिका–११ हिवल्चास्थित बागमारेका ४५ वर्षीया बालिका बस्नेत र छोरा १२ वर्षीय नवीन बस्नेतको जङ्गलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा गएराति जलेर ज्यान गएको हो । एक हप्तादेखि जङ्गलमा लागेको आगो गाउँमा पस्न थालेपछि नियन्त्रण गर्न जाँदा आमाछोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । रासस
प्रकाशित मिति : २०७३ वैशाख १५ गते बुधबार
प्रतिक्रिया दिनुहोस्