26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपालगञ्जलाई खुलादिसामुक्त घोषणा गर्न चुनैती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३  

कोहलपुुर, बैशाख १५
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रलाई खुल्ला दिसामुक्त गर्न सबैभन्दा चुनौती देखिएको छ । उपमहानगरपालिका क्षेत्रभित्र अहिले पनि ४ हजार ८ सय ५ घरमा शौचालय नभएको नेपालगन्ज उपमहानगरपालिका खुल्ला दिसामुक्त अभियानका फोकल पर्सन ओविराज आचार्य बताउँछन् ।
उनका अनुसार २४ हजार ९ सय ९८ घर धुरी रहेको नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार ७ सय ७५ घरमा शौचालय रहेको र २ हजार १ सय ३८ घरमा निर्माणाधीन अवस्थामा रहेको छ । नेपालगन्जका केही वडाहरुलाई भने तत्कालै घोषणा गर्ने तयारी रहेको फोकल पर्सन आचार्यले जानकारी दिए । नेपालगन्ज–२, ३, ४ र ५ लाई खुल्ला दिसामुक्त गर्ने तयारी भइरहेको उनले जनाए ।
खुल्ला दिसामुक्त गर्नका लागि उपमहानगरपालिका क्षेत्रभित्र देखिएको समस्या र चुनौतीलाई सामना गर्नका लागि अभियान नै संचालन गरिएको छ । विहान ४ बजेदेखि नै खुल्ला दिसा गर्ने क्षेत्रहरुमा फोकल पर्सन आचार्यको संयोजकत्वमा प्रहरी वडा नागरिक मञ्चका प्रतिनिधि र सामाजिक परिचालकहरु सम्लित टोली टर्च बालेर निगरानीमा पुग्ने गरेको छ । ‘गु’ लुकाउ अभियान नाम दिएर यसरी अनुगमन गर्ने क्रममा खुल्ला ठाउँमा दिसा गर्ने जो कोहीलाई पनि सम्झाई बुझाई गर्दै शौचालय निर्माण गर्न र खुल्ला ठाउँमा शौच नगर्न निर्देशन दिने गरेको छ ।
शौचालय निर्माण नभएका ठाउँहरुमा यथाशीर्घ शौचालय निर्माण गर्नका लागि सेवाग्राही कार्य वितरण गरिएको र सो कार्य नहुनेले सरकारी सेवा उपभोग गर्न नपाउने गरी कडाई गरिएको फोकल पर्सन आचार्यले बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३     9:08:55 AM  |