मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३
सुदीप अधिकारी
बर्दिया, बैशाख १३
बर्दियाको बबई नगरपालिका – १० शाहीपुरको चन्दकचटिया सामुदायिक बनमा भिषण आगलागी भएको छ । शनिबार विहान ११ बजेदेखि लागेको आगो साझ अवेरमा दमकल र गाउँलेको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
वनबाट फैलदै आएको आगो बसन्ता ईलाका वन कार्यालय शाहीपुरको परीसरसम्म पुगेको थियो । आगोले परीसरमा घाट गद्दी गरिएको १२ चट्टा काठ दाउरा जलेर नष्ट भएको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत दोर्णराज शर्माले
बताए । मुक्त कमैयालाई वितरण गर्न राखिएको काठ र वन कार्यालय बर्दियाको आपुर्ती काठ जलेको सहायक वन अधिकृत शर्माले बताए । आगलागिबाट झण्डै २० लाख मुल्य बराबरको काठ जलेर नष्ट भएको वन कार्यालयको अनुमान छ ।
सामुदायिक वन आगलागी भएपछि वन किनारका शाहीपुर गाउँ र वनफोरुवा फाँटा बासीन्दा दिनभर त्रसीत भएका थिए ।