कोहलपुर, बैशाख १३
बाँकेमा व्यवसायीक पशुपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । निर्वाहमुखी पशुपालन गर्दै आएका किसान अहिले व्यवसायीक रुपमा पशुपालनमा लागेका छन् । जिल्ला पशु सेवा कार्यालयमार्फत सञ्चालन गरिएको युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानको व्यवस्थाले पनि आकर्षण बढाएको जिल्ला पशु सेवा कार्यालय बाँकेका वरिष्ठ पशु चिकित्सक डा. बेदबहादुर केसीको भनाई छ ।
जिल्ला पशु सेवा कार्यालयले युवा लक्षित कार्यक्रम अन्तर्गत गाई, भैसी र बंगुर प्रवद्र्धनको लागि अनुदान दिदै आएको छ । चालु आर्थिक वर्षमा गाई र भैसी पालनमा साना फर्म सुधार परियोजना अन्तर्गत ७ वटा फर्मलाई २ लाख र मझौला ३ फर्म लाई १ लाखका दरले युवा लक्षित अनुदान प्रदान गरिएको छ ।
अनुदान सँगसँगै जिल्ला पशु सेवा कार्यालय बाँकेले जिल्लालाई कुखुरा, अण्डा र खसीको मासुमा आत्मनिर्भर बनाउने कार्ययोजनाका साथ अगाडि बढेको डा. केसीले जानकारी
दिए ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३