कोहलपुर बैशाख १३
हिसानको ६ औं क्षेत्रिय भेला आइतबार नेपालगन्जमा सम्पन्न भएको छ । हिसानका केन्द्रिय महासचिव युवराज शाहले राज्यले निजी विद्यालयप्रति हेर्ने दृष्टिकोण फरक रहेको हुनाले गुणस्तरिय शिक्षामा प्रभाब परिरहेको
बताए ।
शिक्षा जस्तो क्षेत्रमा पनि राज्यले निजी क्षेत्र र सरकारी क्षेत्र विचको दुरीलाई फरक किसिमको व्यवहार गरिरहेको उनले बताए । निजी क्षेत्रबाट उत्कृष्ट नम्बर ल्याएर पनि ती विद्यार्थीलाई फ्रि सिपमा लड्न नपाउने गरेको कारण अवसरबाट बञ्चित हुन परेको उनले बताए ।
निजी क्षेत्रमा राज्यले थोरै लगानी गरे निजी क्षेत्रले ठुलो फड्को मार्ने महासचिव शाहको भनाई छ । नाफा कमाउनु भन्दा गुणस्तरिय शिक्षा प्रदान गर्नु निजी विद्यालयको लक्ष्य रहेको उनले बताए । अरु व्यवसाय भन्दा शिक्षा क्षेत्र संवेदनशिल भएको कारण यसलाई पुर्वाधार विकासको लागि राज्यले पृथक रुपले हेर्न जरुरी रहेको उनको धारणा रहेको छ ।
सरकारी विद्यालयलाई निशूल्क किताव वितरण तथा अन्य तमाम किसिमका सुविधा दिएपनि निजी विद्यालय जस्तो गुणस्तरिय शिक्षामा राज्यको आँखा पुग्न नसकिरहेको अवस्था छ । निजी क्षेत्रमा राज्य तर्फबाट केही सुविधा बढाए भने नेपालको शिक्षाको गुणस्तरियता बढ्ने दावी उनले गरे । सरकारी तथा निजी विद्यालय दुई दाईभाई भएपनि राज्यको हेर्ने दृष्टिकोण फरक भएको बताए ।
दुई दाईभाई फुटे भने देशमा ठुलो दुर्घटना हुन सक्ने हिसान बाँकेले जनाएको छ । निजी क्षेत्रलाई राज्यले व्यवस्थित गरे राज्यलाई नै फाइदा हुने हिसानका केन्द्रिय उपाध्यक्ष निर्मल उपाध्यायले बताए ।
राज्यले नीजी तथा सरकारी दुवै क्षेत्रमा समान व्यवहार गरे गुणस्तरीय शिक्षामा विकास हुने कुरामा उनले जोड दिए ।
हिसान बाँके बर्दियाका अध्यक्ष खगेन्द्र दत्त मिश्राको अध्यक्षतामा भएको कार्यक्रममा हिसानका केन्द्रिय सदस्य शेष मणि गौतम, सल्लाहकार कृष्ण पाठक, एन प्यावव्सनका बाँकेका अध्यक्ष कुवेर बस्नेत, प्याव्सन बाँकेका अध्यक्ष ऋषीकेश जिसी, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको
थियो ।
प्रकाशित मिति : २०७३ वैशाख १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्