27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

सञ्चार समूहले पत्रकारिता तालिम सञ्चालन गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३  

कोहलपुुर, बैशाख १३
महिला संचार समुह बाँकेको आइतबार बसेको बैठकले बैशाख १५ गते देखि नेतृत्व विकास, उद्घोषण र पत्रकारिता तालिम संचालन गर्ने निर्णय गरेको छ । तालिमको निम्ति आवश्यक तयारी पुरा भइसकेको समुहका सदस्य एवं तालिम संयोजक आसा के.सी.ले जानकारी दिइन् ।
महिला संचार समुह बाँकेका अध्यक्ष अछरी पोखरेलको अध्यक्षतामा बसेको समुहको दोस्रो बैठकले भावि कार्ययोजना समेत निर्माण गरेको छ । जसमा महिलाका सवालमा अन्तक्र्रिया कार्यक्रम गर्ने, विभिन्न गाविसका महिलाहरुलाइ समावेश गरी नेतृत्व विकास,उद्घोषण र पत्रकारिता तालिम संचालन गर्ने, स्थानिय निकायको चुनावमा प्रत्येक वडाबाट २ जना महिला समावेश गर्ने संविधानमा लेखिएकोले कार्यान्वयनको लागि महिलालाइ राजनैतिक प्रशिक्षण संचालन गर्ने, १६ दिने महिला हिंसा विरुद्धको दिवश, मार्च ८ जस्ता महिला दिवशमा चेतनामुलक कार्यक्रम गर्ने, महिला सशक्तिकरण गर्ने, विभिन्न संघसस्थासंग समन्वय र सहकार्यगरी कार्यक्रम संचालन गर्ने, महिलाको पहँुच नीति निर्माणमा पु¥याउन दबाब मुलक कार्यक्रम गर्ने, हरेक निकायमा ५० प्रतिशत महिला सहभागीताको माग गर्ने जस्ता बार्षीक कार्ययोजना निर्माण गर्दै महिला संचार समुहको दोस्रो बैठक सम्पन्न भएको छ ।
बैठकले महिला अधिकारका क्षेत्रमा योगदान पु्र्याउने एक जना महिलालाई सम्मान गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख १३, २०७३     8:45:42 AM  |