26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेशनल लाईफ इन्स्योरेन्स द्वारा वीमा रकम प्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७३  

कोहलपुर, बैशाख १२
कोहलपुर नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुर नगरपालिका १२ निवासी स्वर्गीय रामकुमार पुवार मगरको परिवारलाई जीवन वीमा बापतको रकम प्रदान गरेको छ ।
नेशलनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालगँज शाखाका विकास अधिकृत दीपनारायण खनालले शनिवार एक कार्यक्रमका बीच चपरगौढी रोेहिणीमा स्व.रामकुमारकी पत्नी लक्ष्मी पुवार मगरलाई चेक प्रदान गरेका हुन् ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रामकुमारको रु. चार लाखको वीमा रहेकोमा एनआइसी एशिया बैँक नेपालगञ्ज शाखाको चेक नम्बर १४९१ वी ७ बाट रु. चार लाख ४८ हजार
आठ सयको चेक प्रदान गरिएको नेपालगञ्ज शाखाका विकास अधिकृत खनालले जानकारी दिए । वीमा शुुरु भएको दुईवर्षमै पति वियोगमा परेकी लक्ष्मी पुवार मगरले यो रकम पीडाको घाउमा मलम बनेर आएको बताईन् । चेक हस्तान्तरण कार्यक्रममाकम्पनीका व्यवसाय प्रबन्धकहरु शंकर लामिछाने, भुप बहादुर भण्डारी, तुल्सी थापा, उदय बुढा, शोभारानी थारु, अमृत पौडेल, चिना बुढामगर, अनिता थापा र स्थानीय समाजसेवी खिना राना मल्ल लगायतको उपस्थिति थियो । साथै उनको मृत्यु २०७२ असोज ३० गते भएका थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख १२, २०७३     8:12:07 AM  |