22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

दुर्घटनामा परी ३६ जना घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३  

कोहलपुर, बैशाख ८
पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत् बर्दियाको सैनवार चेकपोष्ट नजिकै यात्रुबाहक बस एक आपसमा जुध्दा ३६ जना घाइते भएका छन् । घाइते मध्ये ९ जनाको अवस्था गम्भीर छ । उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमका लागि छुटेको ना ४ ख ६९५२ र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९५७४ नम्वरको बस बबई नगरपालिका ६ स्थित सैनवार चेकपोष्ट नजिकै विहान साढे ९ बजेतिर एकआपसमा ठोक्किएका थिए ।

प्रकाशित मितिः बुधबार, बैशाख ८, २०७३     6:06:03 PM  |