विशेष साधारण सभा सम्पन्न



कोहलपुर, बैशाख ७
पूर्व पश्चिम यातायात व्यावसायी संघको विशेष साधारण सभा सम्पन्न भएको छ । कोहलपुरमा मंगलबार सम्पन्न भएको सभामा बोल्दै यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासंघका राष्ट्रिय महासचिवले यातायात व्यवसायी बिचको अन्तरिक द्वन्द्व अन्त्य गर्नु पर्ने बताए । ‘हामी यातायात व्यवसायी बिच एकता हुन सकेको छैन’ उनले भने ‘त्यसको फाईदा राज्यले लिएको छ ।’ यातायात व्यवसायीहरुले मजदुरहरुका पक्षमा सधै लाग्नु पर्ने उनी बताउँछन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य सूर्य ढकाल, एमाओवादी क्षेत्र नं. १ बाँकेका इन्चार्ज नरेन्द्र प्रसाद पाण्डे, नेपाली काँग्रेसका प्रतिनिधि गोपाल प्रसाद शर्मा, कोहलपुर बसपार्क सुधार समाजका अध्यक्ष कृष्ण राना भाट लगायतको उपस्थिति रहेको थियो । पूर्व पश्चिम यातायात व्यवसायी संघका अध्यक्ष धन बहादुर पुनको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ७ गते मंगलबार