ग्रामीण क्षेत्रका नागरिक कृषि खेतीतर्फ आकर्षित



कोहलपुर, बैशाख ६
बाँकेका ग्रामिण क्षेत्रका नागरिकहरु कृषि तथा तरकारी खेती प्रति आर्कषित भएका छन् । आफनै खेतवारीमा थोरै मिहेनतले पनि मनग्य आम्दानी हुन थालेपछि बाँकेको सितापुर बागेश्वरी रनियापुर लगाएतका बासीन्दाहरु तरकारी खेती प्रति आर्कषित भएका हुन् ।
बैदेशिक रोजगारीमा गएर दुःख गर्नुको साटो आफ्नै खेतबारीमा लगानी गर्न सके विदेशमा कमाउने पैसा स्वदेशमै घरमै बसी बसी कमाउन सकिने उनीहरुले बताएका छन् । मौसमी तथा बेमौसमी तरकारी खेतीले आफ्नो रोजी रोटी देखि घरपरिवार पाल्न र बालबच्चा पढाउनका लागि प्रशस्त पुग्ने गरेको बाँके सितापुर २ का गेहेन्द्र प्रसाद धितालले बताए ।
बाँकेको ग्रामिण क्षेत्रमा टमाटर बोडी, कांक्रा लौका लगाएतका तरकारीले अहिले बाँकेका बजार हरु ढाक्ने गरेको छ । स्थानीय बजार संगै जुम्ला, सल्यानको कपुरकोट लगाएतका स्थानमा समेत आफुले उत्पादन गरेको कांक्रा र टमाटर जाने गरेको धितालले बताए । गाउँमा उब्जाएको तरकारी खरिदका लागि ब्यापारीहरु बारीमै पुग्ने गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ७ गते मंगलबार