ट्याक्टर दुर्घटनामा परी एक घाइते



कोहलपुर, बैशाख ६
बाँकेको कोहलपुरमा सोमबार ट्याक्टर दुर्घटना परी एक जना घाइते भएका छन् । कोहलपुर देखि शम्शेरगञ्ज जाँदै गरेको भे ५ त २४९६ नम्बरको ट्याक्टर दुर्घटनामा परी बाँके कचनापुर ६का २२ वर्षिय ट्याक्टर चालक राजु चैधरी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ६ गते सोमबार