22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

नेपालगञ्ज मेडिकल कलेजको विशेष छुट्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

कोहलपुर, बैशाख ६

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहरपुर बाँकेले नयाँ वर्ष २०७३ सालको अवसर पारी अस्पतालबाट उपलब्ध गराईने सेवा सुविधामा विशेष छुट्टको व्यवस्था गरेको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा. भोजराज शाहीका अनुसार नव वर्ष २०७३ सालको अवसर पारी जेष्ठ नगारिक, सिक्सा मजदुर, मुक्त कमैया, एकल महिला, स्वास्थ्यकर्मी र सहयोगि एम्बुलेन्स ड्राईभर, पत्रकार, सैनिक, प्रहरी तथा सशस्त्रलाई अस्पतालबाट दिईने सेवा सुविधामा विशेष छुट्टको व्यवस्था गरिएको जनाएका छन् ।
साथै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलुर बाँकेले सोमबार एक प्रेस विज्ञाप्ती मार्फत नयाँ वर्ष २०७३ सालको शुभकामना समेत दिएको छ ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     5:15:33 PM  |