कोहलपुर, बैशाख ५
भारतको नानपारमा विद्युत मर्मत कार्य सञ्चालन भएको बताउँदै नेपाल विद्युत प्राधिकरण नेपालगन्जले शनिबारदेखि ८ गते सम्म बिहान ९ बजे देखि बेलुका ५ बजे सम्म विद्युत प्रसारण लाइन बन्द हुने जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रले एक सूचना जारी गर्दै भारतको नानपारा १३२ के.भि. लाइनमा बैशाख ४ गते देखि ८ गते सम्म ५ दिन बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म मर्मत कार्य हुने बताउँदै नेपागगन्ज तथा खजुरा क्षेत्रहरुमा विद्युत आपुर्ति बन्द हुने बताएको
छ ।
विद्युत आपुर्ति बन्द भएपछी नेपालगन्ज र खजुरा क्षेत्रका उद्योग करकारखाना ठूलो मर्कामा परेका छन् । दैनिक ९ घण्टाको लोडसेडिङ्ग पछी मर्मत कार्यका लागि भन्दै विद्युत आपुर्ति बन्द भएपछी सर्बसाधारणहरु समेत मर्कामा परेका छन् । विद्युत आपुर्ति बन्द हुँदा सबैभन्दा बढी बालबालिका र बृद्धाबृद्धा मर्कामा परेका छन् ।
प्रकाशित मिति : २०७३ वैशाख ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्