काहेलपुर, बैशाख ५
कृषि पत्रकार समुह बाँकेले बैशाख ६ गते सोमबार कृषिसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी कार्यालयबीच परिचयात्मक तथा नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । शनिबार बसेको नियमित बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको
हो ।
साथै बैठकले समुहको विधान निर्माणका लागि समूहका अध्यक्ष खगेन्द्र दाहालको संयोजकत्वमा पाँच सदस्यीय विधान निर्माण उप–समिति बनाएको छ ।
समितिका सदस्यहरुमा सल्लाहकार विश्वराज पछलडङ्ग्या, समूहका सचिव प्रियास्मृति ढकाल, कोषाध्यक्ष सदिक्षा शाह र सदस्य मधु पौडेल रहेका छन् ।
प्रकाशित मिति : २०७३ वैशाख ५ गते आइतबार
प्रतिक्रिया दिनुहोस्