26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

हात्तीको आक्रमणबाट एकको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७३  

कोहलपुर, बैशाख ३
बर्दिया राष्टिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणमा परी सुर्यपटुवा ३ बडकी टंडुवाका २० वर्षीय श्रीकृष्ण थारु ज्यान गएको प्रहरीले जनाएको छ ।
बैशाख १ गते राती छिमेकी कैलासी गाउँमा नयाँ वर्षको नाचगान हेर्न जाने क्रममा उनलाई हात्तीले आक्रमण गरेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । बाटोमा हिँडीरहेका थारुलाई निकुञ्ज भित्रबाट गाउँ पसेको हात्तीले एक्कासी आक्रमण गरेको निकुञ्जले जनाएको छ ।
आक्रमणपछि घाइते  भएका थारुलाई तत्कालै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको  थियो । टाउको र छातीमा  गम्भिर चोट लागेका थारुको उपचारकै क्रममा बिहीवार बिहान ज्यान गएको निकुञ्जले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३, २०७३     11:22:35 AM  |