खुला आकाशमुनी अग्निपीडित



तिलक गाउँले
कोहलपुर, बैशाख ३
बाँकेको कालाफाँटाका अग्निपीडितहरुले आगलागी भएको हप्तौ बितिसक्दा समेत राज्यका तर्फबाट कुनै पहल नभएको गुनासो गरेका छन् । राज्यले कुनै पहल नगर्दा खुल्ला आकासमुनी रात गुजार्नुपरेको उनिहरुको गुनासो छ ।
आगलागी भएपछी हालसम्म जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उद्योग बाणिज्य संघ, नेपाली कांग्रेस बाँकेले राहत बितरण गरेको छ । तर, पीडितहरुको बसोबासका लागी कसैले पहल भने गर्न सकेको छैन । बाँकेको कालाफाटा ७ वालापुरका आमतुल्ला खाँ शनिवार ३ बजेतिर खाना खाइरहेका थिए । एक्कासी गाउँमा हो हल्ला चल्न थाल्यो । शनिबार भएको आगलागीको घटना उनले यसरी सम्झीए ।
हेर्दाहेदै पुरै गाँउ सखाप भएको देखेका खान टाउँकोमा हात राख्दै भने घरमा भएको सबै खानेकुरा जल्यो । साँझ विहानको छाक पनि टार्न गाह्रो भैरहेको छ । बालापुरको आधा गाउँ अहिले पुरै सुनसान देखिन्छ । जलेर खरानी भएको काठ र बचेका भकारी बाहेक केही देखिन्न् । गाउँका मानिसहरु जलेका अन्नपात संकलनमा लागेका छन् ।
बाहिरको नातेदारहरु आएर उनिहरुलाई खान खुवाउने गरेको आगलागी पीडितहरु बताउँछन् । खाँको ५ वटा घर, २ वटा मोटरसाईकल, २ वटा ट्याक्टर, २ वटा प्लेवर जलेर पुर्ण रुपमा नष्ट भएको छ । अर्का पीडित मुस्ताक खाँले अरुले दिएको खानाले बाँचीरहेको बताए । घरमा भएभरको सम्पती सवै जलेपछि लगाएको एकसर्को लुगा वाहेक केही नवचेपछि घरपरिवार पाल्न विचल्ली भएको खाँले बताए । घरमा भएको सम्पती पनि केही बचाउन नसकिएको बताउँदै उनले आगो लागेको २ दिन सम्म समेत गाँउमा आगो पुत्ताइरहेको
बताए । घर जलेको देखेर मन भक्कानिथ्यो अर्का पीडित नइम खाँले बताए । आफ्नै घर जलेको देखेर फिल्म हेरे जस्तो लाग्थ्यो । आफ्नै घरमा यसरी आगो लागेको यो पहिलो पटक देखे उनले भने ।
आगलागी भएको ४ दिन वितिसक्दा अहिलेसम्म नेपाल रेडक्रसले ५६ घरलाई राहत वाँडेको छ भने नेपालगन्ज उद्योग वाणिज्य संघ र जिल्ला प्रशासन कार्यालय बाँकेले सयुक्त रुपमा ५७ घरधुरीलाई राहत वितरण गरेका छन् ।
बिहीवार नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाँकेले पनि राहत वितरण गरेको छ । जिल्ला अध्यक्ष किरण कोइरालाको नेत्तृत्वमा गएको टोलीले आगलागी भएको ठाउँमै गएर चिउरा, भुजा, दालमोठ लगायतका सामाग्री वितरण गरेको छ । ६८ घरधुरीलाई वितरण गरेको राहत आगामी दिनमा पनि वितरणमा पहल गर्ने अध्यक्ष कोइरालाले बताइन् ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख ३ गते शुक्रबार