शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न



कोहलपुर, बैशाख २
नयाँ वर्ष २०७३ को अवसरमा कोहलपुर १३ भरैयामा एक कार्यक्रमका बिच शुभकामना आदान प्रदान गरिएको छ । सुख, शान्ति र समृद्धिको कामना गर्दै आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्षको भरैयाबासीले स्वागत गरेका
छन् ।
यस्तै शुभकामना आदानप्रदानका साथै श्री जब्दी भवानी मन्दिर समितिको आयोजनमा बुधबार दौड प्रतियोगिता सम्पन्न गरिएको छ । प्रतियोगितामा दुई टिमको सहभागिता रहेको थियो । जसमा १५ वर्ष देखि २० वर्ष र १० वर्ष देखि १५ वर्ष उमेर समुहका प्रतियोगिहरुले भाग लिएका
थिए ।
१५ देखि २० वर्ष उमेर समूहमा मिसन पुन प्रथम, आकाश योगी द्धितीय, फ्युचर पुन तृतीय भएका थिए । यस्तै १० देखि १५ उमेर समूहमा विविध भण्डारा प्रथम, बिनोद कुवर द्धितीय, धन बहादुर रोका तृतीय भएका
थिए । प्रतियोगितामा बिजयी हुनेहरुलाई नगद पुरस्कार सहित सम्मान
गरिएको छ । र्काक्रममा भुपेन्द्र पुनको प्रमुख अतिथित्व
रहेको थियो भने भने गुरु बचन चौधरी,चन्द्र बहादुर खड्का, टेक बहादुर डाँगी , गणेश कुमार पुन, कुरकुटुवा थारु, खिम बहादुर बिष्ट, हिरालाल पुन मगर लगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २ गते बिहीबार