कोहलपुर, बैशाख २
कोहलपुर जसीजको आयोजनमा नव वर्ष २०७३ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल जसीजका राष्ट्रिय अध्यक्ष जसिआई सिनेटर जगत बहादुर प्रोखरेलले नेपाल जेसीजले अन्तराष्ट्रिय रुपमा पहिचान हुने गरी नयाँ कार्यक्रम ल्याउन लागेको बताए ।
कार्यक्रममा कोहलपुर जेसीजले जुनियर जेसीज एकेडेमी, देशव्यापी रुपमा आयोजना गरिने असार १५ मा डेढ लाख विरुवा रोप्ने अभियानलाइ सफल बनाउन कोहलपुर जेसीजले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । कोहलपुर जेसीजले कोहलपुर क्षेत्रमा जेसीजलाइ चिनाउन पश्चिम क्षेत्रमै उल्लेखनिय कार्यक्रम
गरेको बताए । त्यस्तै कार्यक्रममा कोहलपुर
जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका राष्ट्रिय सल्लाहकार विष्णु वेल्वासे, कोहलपुर
जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीज क्षेत्र ‘घ’ मिडिया कोर्डिनेटर बिनोद पौडेल, निवर्तमान अध्यक्ष तथा नेपाल जेसीजका फण्ड राइजिङ्ग संयोजक पवन थापा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कोहलपुर जेसीजका अध्यक्ष हिमराज खनाल सन्तोषको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : २०७३ वैशाख २ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्