24 September 2023  |   सोमवार, अशोज ८, २०८०

बाँके निकुञ्जले वन्यजन्तु सप्ताह मनाउने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२  

केशव राना

कोहलपुर, चैत्र २९
बाँके राष्ट्रिय निकुञ्जले २१ औं वन्यजन्तु सप्ताह विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । बैशाख १ गतेदेखि ७ गते सम्म ‘वन्यजन्तुको भबिष्य हाम्रो हातमा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर सप्ताह मनाउन लागेको हो । हरेक वर्ष झैं यसवर्ष पनि बाँके निकुञ्जले वन्यजन्तु सप्ताह व्यापक रुपमा मनाउने तयारी थालेको छ । सप्ताहको तयारी अन्तिम चरणमा पुगेको निकुञ्जले जनाएको छ ।
बैशाख १ गते नेपालको राष्ट्रिय झण्डा, बाँके निकुञ्जको झण्डा झण्डोत्तोलन ब्यानरीङ्ग, नयाँ वर्र्ष २०७३ को शुभकामना आदानप्रदान र वन्यजन्तु सप्ताहको कार्यक्रमको बारेमा जानकारी दिइनेछ ।
त्यस्तै २ गते देखि ५ गतेसम्म निकुञ्ज अन्तरगत सल्यान र दाङ्गका ३ वटा मध्यवर्ती क्षेत्रमा उपभोक्ता समितिमा संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सिबिएपियु गठन गरिने निकुञ्जका सूचना अधिकारी रबिन चौधरीले जानकारी दिए । यस्तै ४ गते गिद्देनी चौर र ठुरिया क्षेत्रमा चरा अवलोकन वनस्पती पहिचान र स्कुल कार्यक्रम गरिने उनले
बताए । ५ गते देउराली हरियाली मध्यवर्ती क्षेत्र उपभोक्ता समितिमा सामुदायिक वन स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिनेछ भने ६ गते राजकोट मध्यवर्ती क्षेत्र उपभोक्ता समिति कुसुममा निबन्ध प्रतियगिता, अन्तरक्रिया कार्यक्रम गरिनेछ ।
सप्ताहको अन्तिम दिन ७ गते बरामद आखेटोपहार प्रदर्शन, संकलित अवैध हातहतियार सरोकारवाला निकायलाई हस्तान्तरण, क्यामरा ट्रयापको अवलोकन, वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संघसंस्थालाई सम्मान, प्रशंसापत्र प्रदान र वन्यजन्तु सप्ताहको समापन गरिने निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२     11:52:07 AM  |