बाँकेमा आगलागी हुँदा ७ घर जले



मिसन समाचारदाता/बाँके,
बाँकेको खासकुस्मा १ कुसुममा आगलागी हुँदा ७ घर जलेका छन् । २५ चैत्र दिउँसो कुसुमस्थित दक्षिणकाली पेट्रोल पम्प नजिक करिब साढे १ बजे आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
धनप्रसाद पुनको घरबाट भएको आगलागी शुरु भएको कुसुम प्रहरीले जनाएको छ । अहिलेसम्म पनि आगो नियन्त्रण आउन सकेको छैन । नेपाली सेना, प्रहरी, स्थानीय मिलेर आगो निभाइरहेको कुसुम प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुरेन्द्र बुढाथोकीले जानकारी दिए ।
थप विवरण आउन बाँकी छ ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत २५ गते बिहीबार