19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

अभिनन्दन गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २२, २०७२  

कोहलपुर, चैत्र २२
लायन्स क्लब इन्टरनेशनलका अन्र्तराष्ट्रिय निर्देशक लायन ई. सञ्जय खेतानलाई नेपालगञ्जमा आज (मंगलबार) भव्य अभिनन्दन गरिने भएको छ । लायन्स क्लब इन्टरनेशनल ३२५ बि टू एरिया नं. ६ अन्तर्गतका क्लवहरुले एक विशेष कार्यक्रमको आयोजना गरी अभिनन्दन गर्न लागेको हो ।
नेपालको लायन्सवादको ४४ वर्षको इतिहासमा पहिलो पटक लायन खेतान लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशकको रुपमा आगामी तीन वर्षका लागि निर्वाचित भएका हुन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बि टू का जोन चियर पर्सन लायन किस्मत कुमार कक्षपतिले दिएको जानकारी अनुसार निर्देशक खेतान मंगलबार भारतको नयाँ दिल्ली र लखनउ हुँदै नेपालगञ्जमा आउँदैछन् । निर्देशक खेतानलाई नेपाल भारत
सीमा जमुनाहा नाकामा लायन्स क्लब इन्टरनेशनल ३२५ बि टू का पूर्व गभर्नर लायन सेम शाक्यको नेतृत्वमा स्थानीय लायन्स क्लबका सयौं सदस्यहरुले मंगलबार अपरान्ह भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थको प्रमुख आतिथ्यमा हुने अभिनन्दन समारोहमा एरिया नं. ६ अन्तर्गतका २४ वटा क्लबका सदस्यहरुको वृहत सहभागिता हुनेछ ।
नेपालगन्ज भ्रमणका क्रमम अन्तर्राष्ट्रिय निर्देशक लायन खेतानले मंगलबार नै लायन्स क्लबले सहयोग गरेका गाभर भ्यालीमा निर्माण गरिने लायन्स द्वार र स्तम्भको शिलान्यास, नेपाल क्यान्सर अस्पताल र फत्ते बाल आँखा अस्पतालको अवलोकन गर्ने पनि कार्यक्रम रहेको छ ।

प्रकाशित मितिः सोमवार, चैत्र २२, २०७२     5:42:42 PM  |