18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

महिला तथा बालबालिका सेवा केन्द्रलाई कार्यालय ब्यबस्थापन सामाग्री सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२  

नेपालगन्ज, २१ चैत ः

महिला तथा बालबालिकाको संरक्षणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा स्थापना गरिएको महिला तथा बालबालिका सेवा केन्द्रलाई कार्यालय ब्यबस्थापनका लागि बाँके युनेस्को क्लबले आवश्यक सामाग्री सहयोग गरेको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा नेपालगन्ज उपमहानगरपालिकामा संचालन गरिएको एकिकृत परियोजना अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रलाई कार्यालय ब्यबस्थापनका लागि सामाग्री सहयोग प्रदान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित एक कार्यक्रमका विच बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खान र कार्यकारी निर्देशक रवि तुलाधरले कार्यालय ब्यबस्थापनका लागि आवश्यक पर्ने सो सामाग्री जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक प्रसाद राई र नायब प्रहरी उपरिक्षक भिम किरण वोगटीलाई सयुंक्त रुपमा हस्तान्तरण गर्नु भयो ।
महिला तथा बालबालिका सेवा केन्द्रलाई कार्यालय ब्यबस्थापनका लागि प्रदान गरिएको सामाग्रीमा प्रिन्टर एक थान, कुर्सि ५ थान, फोटो कपी पेपर एक रिम, बिद्युतिय मल्टिप्लग १ थान रहेका छन् ।
सो सामाग्री पाएपछि कार्यालय संचालनमा सहजता संगै पिडित महिला तथा बालबालिकाका लागि परामर्श तथा अनुसन्धान कार्य गर्न सहज हुने र बाल संरक्षणमा सहयोग पुग्ने बाँकेका प्रहरी प्रमुख एसपी राईले बताउनु भयो ।
नेपालगन्ज उपमहानगरपालिका भित्र हिंसा तथा दुब्र्यबहारमा परेका बालबालिका हरुले आवश्यक सेवा तथा न्याय पाउन सहज होस भनेर सो सहयोग उपलब्ध गराईएको बाँके युनेस्को क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानले बताउनु भयो ।
सो अवसरमा महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख रमा श्रिश, बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक नवराज शर्मा लगायतको उपस्थिती रहेको थियो ।
क्लबले नेपालगन्जका १९ वटा सरकारी बिद्यालय र मदरसामा एकिकृत परियोजना संचालन गरिरहेको छ ।
फोटो क्याप्सन

प्रकाशित मितिः आइतवार, चैत्र २१, २०७२     4:21:58 PM  |